लुम्बिनीमा विश्वकै ठूलो थान्का प्रदर्शन

thankaलुम्बिनी, १० मङ्सिर । भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा विश्वकै ठूलो थान्का आजदेखि प्रदर्शनीका लागि राखिएको छ ।

आज र भोलि दुई दिनका लागि विश्वकै ठूलो ५० मिटर चौडाइ र ७० मिटर लम्बाइ भएको थान्का प्रदर्शनीका लागि लुम्बिनीमा राखिएको हो । नेपाल–जापान कूटनीतिक सम्बन्धको ६० वर्ष पूरा गरेको अवसरमा भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा विश्वकै ठूलो थान्का प्रदर्शनीका लागि राखिएको हो । थान्का लुम्बिनीको हेलिप्याडमा प्रदर्शनीका लागि राखिएको छ ।

थान्का प्रदर्शनी कार्यक्रममा धर्म स्वामी बुद्ध विहार लुम्बिनीका प्रमुख धर्मगुरु टाक्य विष्ट लामाले विश्व शान्तिको कामना गर्नुभयो । थान्का प्रदर्शनी कार्यक्रममा थान्का बनाउन विशेष भूमिका खेल्ने नेपाल बौद्ध संरक्षण समितिका अध्यक्ष सूर्यबहादुर थकाली र एनपिओ एम २१ नेटवर्क जापानका अध्यक्ष यासुतादा कातागिरीले उक्त थान्का नेपालमै बुद्ध जन्मस्थल लुम्बिनीमा राख्न पहल गर्न नेपाल सरकारसँग आग्रह गर्नुभयो । उहाँहरुले त्यसका लागि आफूहरुका तर्फबाट पनि पहल भइरहेको जानकारी गराउनुभयो ।

रुपन्देहीका प्रजिअ विष्णुप्रसाद ढकालले लुम्बिनीमा थान्का राख्न सक्दो पहल गर्ने प्रतिबद्धता जनाउँदै त्यसका लागि सरोकारवाला निकायलाई अग्रसरता देखाउन आग्रह गर्नुभयो ।

नेपाल बौद्ध महासङ्घ रुपन्देही तथा प्रदर्शनी मूल व्यवस्थापन समितिका संयोजक इन्द्रबहादुर गुरुङले बुद्ध जन्मस्थल लुम्बिनीमा उहाँकै जन्मदेखि समबोधिलाभ, धर्मचक्र प्रवर्तन तथा महापरिनिर्वाणसम्मका घटना उल्लेख भएको थान्का प्रदर्शनी हुनु अत्यन्तै महत्वपूर्ण भएको भन्दै त्यसलाई लुम्बिनीमा राख्नुपर्नेमा जोड दिनुभयो ।

प्रदर्शनी व्यवस्थापन समितिका सदस्य कमल थापाले पहिलो दिन करिब ३० हजार जनाद्वारा थान्का अवलोकन भएको जानकारी दिनुभयो । भोलि बिहान १० बजेदेखि ४ बजेसम्म लुम्बिनीमा थान्का प्रदर्शन हुने मूल व्यवस्थापन समितिले जनाएको छ ।

यो समय लुम्बिनीमा स्वदेशी तथा विदेशी पर्यटकको घुइँचो लाग्ने भएकाले करिब ५० हजारदेखि एक लाखसम्मले अवलोकन गर्ने व्यवस्थापन समितिले अपेक्षा गरेका छन् । थान्का अवलोकनका लागि निःशुल्क प्रवेशको व्यवस्था मिलाइएको छ । थान्का प्रदर्शन गर्नुअघि आज बिहान लुम्बिनीको पर्साचौराहाबाट ¥याली निकालिएको थियो । ¥यालीमा राष्ट्रिय, अन्तर्राष्ट्रिय धर्म गुरु, विभिन्न सङ्घसंस्थाको सहभागिता रहेको थियो ।

के हो थान्का

थान्का तिब्बती भाषा हो । यसलाई तिब्बती भाषामा अभिलेख राख्ने भन्ने बुझिन्छ । विश्वकै ठूलो थान्कामा भगवान् बुद्धको जन्मदेखि समबोधिलाभ, धर्मचक्र प्रवर्तन तथा महापरिनिर्वाणसम्मका घटना उल्लेख छ । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter