आइएलओ प्रावधान पालनामा जोड

ILO Logoकाठमाडौँ, १० मङ्सिर । रोजगारदाता, श्रमिक सङ्गठन एवम् चिया, अलैँची, अदुवा तथा दुग्ध पदार्थ उत्पादनसँग सम्बन्धित प्रतिनिधिले संयुक्त राष्ट्रसङ्घीय अन्तर्राष्ट्रिय श्रम सङ्गठनको ‘बहुराष्ट्रिय उद्योग घोषणा तथा आधारभूत सिद्धान्त र श्रमिक अधिकार’ दस्तावेजको पूर्ण परिपालना गर्नुपर्नेमा जोड दिएका छन् ।

आइएलओ नेपाल, उन्नति कार्यक्रमद्वारा यहाँ आयोजित तालिम कार्यक्रमका सहभागीले दस्तावेजमा समावेश गरिएका कार्यस्थलमा श्रमिकका अधिकार, बालश्रम उन्मूलन, ज्यालामा हुने विभेद अन्त्य, बाध्यकारी श्रमको निवारण, सङ्गठन गर्न पाउने अधिकार र सामूहिक सौदाबाजीको अधिकारसम्बन्धी प्रावधानको प्रवद्र्धन तथा पालनाले आर्थिक र सामाजिक विकासमा उद्योगका तर्फबाट महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

आइएलओ नेपालका निर्देशक रिचार्ड होवार्डले नेपालको आर्थिक र सामाजिक विकासमा ती प्रावधान सहयोगीसिद्ध हुने धारणा व्यक्त गर्नुभयो । डेनमार्क राजदूतावासका वरिष्ठ कार्यक्रम अधिकृत सरोज दाहालले उन्नति कार्यक्रमले नेपालमा समावेशी आर्थिक वृद्धि र गरिबी निवारणमा ठोस योगदान पु¥याउने विश्वास व्यक्त गर्नुभयो ।

आइएलओ जेनेभाका व्यावसायिक सामाजिक उत्तरदायित्वसम्बन्धी विज्ञ जोसी लापोर्तेले कार्यस्थलमा श्रमिकका अधिकारको प्रवद्र्धन, वातावरण सुधार तथा सुमधुर औद्योगिक सम्बन्ध कायम गर्न आइएलओ आधारभूत सिद्धान्तको परिपालना गर्नुपर्नेमा जोड दिनुभयो ।

उन्नति कार्यक्रम ‘अधिकारको वकालत तथा असल व्यावसायिक सुशासन’ एकाइका राष्ट्रिय कार्यक्रम संयोजक नवीनकुमार कर्णले कार्यक्रमको उद्देश्य इलाम, पाँचथर, धनुकटा, सङ्खुवासभा, तेह्रथुम, ताप्लेजुङ र भोजपुरमा परम्परागत चिया, अदुवा, अलैँची र दुग्ध पदार्थसम्बन्धी उद्योग व्यवसायमा समावेशी वृद्धि हासिल गर्न सहयोगी प्रवद्र्धन गर्नु रहेको जानकारी दिनुभयो ।

तीनदिने सो तालिममा सहभागीलाई श्रम सङ्गठनका आधारभूत सिद्धान्त तथा कार्यस्थलमा श्रमिकका अधिकारसँग सम्बन्धित विषयमा प्रशिक्षण दिइएको थियो । तालिममा सात जिल्लाका अलैँची, अदुवा, चिया र दुग्ध पदार्थ उद्योग तथा व्यापार व्यवसाय क्षेत्रसँग सम्बन्धित कृषक, उद्यमी–व्यवसायी लगायत सहकारीसँग आबद्ध व्यक्तिको सहभागिता थियो । रासस

Related News

Comments are closed

TOP NEWSview all

Teacher quits job and takes to kiwi cultivation

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter