योग गुरु रामदेवद्वारा छिन्नमस्ता भगवतीको पूजापाठ, बलि नचढाउन आग्रह

ramdevराजविराज, १० मङ्सिर । पूर्वाञ्चलकै प्रसिद्ध सप्तरीको छिन्नमस्ता शक्तिपीठमा योग गुरु स्वामी रामदेवले आज पूजापाठ गर्नुभएको छ ।

पूजापाठपश्चात मन्दिर परिसरमा स्वामी रामदेवले सप्तरीको छिन्नमस्ता भगवतीमा भइरहेको पशुबलिले समाज र मानव शरीरसमेतलाई हानी पु¥याइरहेको भन्दै शक्तिपीठमा पशुबलि नचढाउन आग्रह गर्नुभयो ।

साथै उहाँको आग्रहलाई त्यहाँ उपस्थिति ठूलो जनसागरले सहजरुपमा स्वीकार गरेका थिए । यस्तै सोही नागरिक अभिनन्दन कार्यक्रममै उहाँका समकक्षी आचार्य बालकृष्णले विश्वमा शान्तिको कामना गर्दै छिन्नमस्ता शक्तिपीठ परिसरमा आउँदो चैतमा हुन लागिएको लक्षचण्डी रुद्र महायज्ञका लागि भारतीय रु लाख र शक्तिपीठका पीठाधीश महाकान्त ठाकुरलाई दानस्वरुप एक लाख भारतीय रुपैयाँ दिने घोषणा गर्नुभएको छ ।

उहाँको आज बिहान ११ बजे पूजापाठ गर्ने समय रहे पनि तोकिएको समयभन्दा साढे तीन घन्टा ढिलो छिन्नमस्ता भगवतीमा शक्तिपीठ पूजा पाठ गर्नुभएको हो । साथै उहाँले त्यहाँ उपस्थित हेर्न आएका हजारौँ जनतालाई अभिन्नदन गर्नुभयो ।

उहाँलाई हेर्न सप्तरीलगायत छिमेकी राष्ट्रिय भारतीय सीमावर्ती क्षेत्रबाट समेत ठूलो सङ्ख्यामा जनसागर ओर्लेको थियो ।

एसपी लोहनीबाट पत्रकारलाई कुटिए, विभिन्न सङ्घसंस्थाबाट भत्र्सना

योग गुरु स्वामी रामदेव छिन्नमस्ता भगवतीको पूजा गर्न मन्दिर परिसरमा जाने क्रममा आज सरुवा भएर सप्तरी आएका प्रहरी उपरीक्षक दिवेश लोहनीले नेपाली पत्रकारलाई कुटपिट गर्नुभएको छ ।

उहाँले मन्दिर परिसरभित्र भारतीय पत्रकार छिर्न दिए पनि नेपाली पत्रकारलाई रोक लगाउँदै कुटपिट गरेको पत्रकारले आरोप लगाएका छन् ।

नेपाल पत्रकार महासङ्घ सप्तरीका कार्यसमिति सदस्य चन्दन यादवलाई कुटपिट गर्दै अन्य छ जना पत्रकारलाई दुव्र्यवहार गरेका छन् ।

यसैबीच घटना भत्र्सना गर्दै नेपाल पत्रकार महासङ्घ शाखा सप्तरीले घोरभत्र्सना गर्दै स्थानीय प्रशासनसँग प्रहरी उपरीक्षक लोहनीलाई कारबाहीको माग गरेको छ ।

महासङ्घका कार्यवाहक अध्यक्ष श्रवणकुमार देवले जनताको सेवा गर्ने प्रहरीले पत्रकारमाथि हातपात गर्नु अत्यन्त निन्दनीय कार्य भएको भन्दै प्रहरी उपरीक्षकलाई तत्कालै फिर्ता बोलाउन गृह मन्त्रालयसँग आग्रह गरेका छन् ।

त्यस्तै प्रेस मञ्च सप्तरीले समेत उक्त घटनाको भत्र्सना गरेको छ । मञ्चका सहसचिव ध्रुव मण्डलले आजै एक विज्ञप्ति जारी गर्दै कानुनको पालना गर्नुपर्ने निकायले राज्यको चौथो अङ्ग सञ्चार जगतमाथि निसाना साँध्नु लज्जास्पद रहेको जनाएका छन् । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter