रसुवा–केरुङ राजमार्गमा टोकन प्रणाली लागू

rasuwaरसुवा, ११ मङ्सिर । राजमार्गको साँघुरो सडकलाई व्यवस्थित र मर्यादित बनाई नेपाल–चीनको व्यापार व्यवसाय अभिवृद्धिमा सहजता ल्याउन मालबाहक सवारी साधनलाई टोकन प्रणाली लागू गरिएको छ ।

प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद अधिकारीका अनुुसार राजमार्गको रसुवा प्रवेशद्वार बेत्रावती, स्याफ्रुबेसी र रसुवागढीमा पार्किङस्थल तोकिएको र मितेरी पुलबाट एकपटकमा ५० वटा ट्रक कन्टेनर चीनको केरुङतर्फ छोड्ने व्यवस्था मिलाइएको हो ।

एकातिर नेपाल–चीनको व्यापारिक नाका र अर्कोतर्फ निर्माणाधीन १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् आयोजना यी दुवै राष्ट्रिय गौरवका कार्य सहज पार्न ट्राफिक व्यवस्थापन गरी जलविद्युत् र व्यापार व्यवसायको कामलाई निर्वाधरुपमा कार्य गर्न सहजता ल्याइएको बताइएको छ ।

रसुवाको प्रवेशद्वार बेत्रावतीमा आएका सवारी साधनलाई त्यही रोकी क्रमशः टोकन दिँदै जाने र बेत्रावती प्रहरीले टोकनका आधारमा रमना पाएका सवारी चालकले स्याफ्रुबेसीको पार्किङस्थल पुगी अर्को टोकन प्राप्त गरेपछि केरुङ जान पाउने प्रजिअ अधिकारीले बताउनुभयो ।

चीनबाट आयात भएका सामग्रीको भन्सार परीक्षणका लागि रसुवागढीमा व्यवस्था मिलाइएको उहाँले बताउनुभयो ।

बढ्दो सवारी चापलाई मध्यनजर राख्दै ट्राफिक व्यवस्थापन गरी यथेष्ट सुरक्षा व्यवस्था मिलाइएको बताउँदै जिल्ला प्रहरी प्रमुख फणीन्द्र प्रसाईंले स्थानीयस्तरमा खपत हुने खाद्यान्न, लत्ताकपडा, औषधि र निर्माण सामग्री बोकेका सवारी साधन भने निर्वाद रुपले गुड्न पाउने जानकारी दिनुभयो ।

यस्तै चालु आवको साउनदेखि कात्तिकसम्म दुई हजार एक सय सवारी साधन कारबाहीमा परी रु १६ लाख ४६ हजार राजस्व आर्जन भएको, साना ठूला १७ वटा सवारी दुर्घटना भएको, दुर्घटनामा परी एकको मृत्यु, चारजना घाइते भएको समेत प्रहरी प्रमुख प्रसाईंले जानकारी दिनुभयो । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter