सुरुङ्गा गोल्डकपको उपाधि एपिएफलाई

APFझापा, ११ मङ्सिर । सुरुङ्गामा जारी चौथो सहारा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि सशस्त्र प्रहरीको एपिएफ टोलीले जितेको छ ।

आज भएको फाइनल खेलमा रुपन्देही–११ लाई ट्राइबेकरमा ५–३ गोल अन्तरले हराउँदै एपिएफले उपाधि हात पारेको हो । जितसँगै एपिएफले रु तीन लाख ५१ हजार १११ तथा उपविजेता रुपन्देही–११ ले रु दुई लाख ५१ हजार १११ पुरस्कार प्राप्त गरेको छ ।

निर्धारित समयमा दुवै टिमले एक÷एकको बराबरी खेलेपछि ट्राइबेकरबाट खेलको निर्णय लिइएको थियो । रुपन्देही– ११ का विजय धिमाल, विक्रम लामा र रजिन धिमालले गरेको प्रहार गोलमा परिणत भएको थियो । यस्तै एपिएफका लागि अञ्जन विष्ट, नविन लामा, आदित्य चौधरी, मिलन राई र सन्तोष कटवालले गोल गरेका थिए ।

यसअघि एपिएफका लागि राजेन्द्र रावल तथा रुपन्देहीका लागि विमल घर्ती मगरले गोल गरेका थिए । एपिएफका आदित्य चौधरी म्यान अफ द म्याच घोषित भए । उनलाई विर्तामोडको हनुमान सेन्ट्रलमा रहेको मेची मोवाइलका सञ्चालक खगेन्द्र नेपालले रु १५ हजार बराबरको एन्ड्रोइड फोन पुरस्कार स्वरुप प्रदान गरेका थिए ।

यस्तै प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडी रुपन्देही– ११ का विक्रम लामा भए । उनले लेनोभो मोवाइलको मेची अञ्चलको आधिकारिक विक्रेता क्वालिटी कम्प्युटरर्सका सञ्चालक दिपेश पाठकले रु २५ हजार बराबरको एन्ड्रोइड फोन प्रदान गरेका थिए । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter