एक हजार बालबालिकाको मुटु परीक्षण, १० जनामा जटिल समस्या

heartसोलुखुम्बु, १२ मङ्सिर । नेपाल हृदयरोग केन्द्र निवारण प्रतिष्ठानले सोलुखुम्बुको सदरमुकाम सल्लेरीमा शनिबार आयोजना गरेको मुटु परीक्षण कार्यक्रममा एक हजार ५१ जना बालबालिकाको मुटु परीक्षण गरिएको छ ।

पन्ध्र वर्षमुनिका बालबालिकालाई लक्षित गरिएको सो शिविरमा परीक्षण गराएकामध्ये १० जना बालबालिकाको मुटुको शल्यक्रिया गर्नुपर्ने अवस्था पहिचान भएको मुटुरोग विशेषज्ञ डा प्रकाशराज रेग्मीले जानकारी दिनुभयो ।

यसैबीच नेपाल हृदयरोग निवारण प्रतिष्ठानले मेची–महाकाली राष्ट्रिय मुटु सचेतना अभियान सञ्चालन गर्ने घोषणा गरेको छ । प्रतिष्ठानले सोलुखुम्बुको सल्लेरीमा छैठौँ अर्धवार्षिकी सभामार्फत घोषणापत्र जारी गर्दै मुटु सचेतना अभियान सञ्चालन गर्ने जनाएको छ । १८ जिल्लाका प्रतिनिधि सम्मिलित सभामा जिल्लागत प्रगतिको समेत समिक्षा गरिएको थियो । रासस

Related News

Comments are closed

TOP NEWSview all

19 injured on first day of Bisket Jatra

266 new cases of COVID-19; suspects entering Valley to undergo Antigen Tests

Nepal has to focus on exporting value-added products recommends EU Ambassador Deprez

Govt to provide Rs 4 lakh to wining Nepali football team

Health insurance reaches 77 districts




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter