बाला चतुर्दशी पर्व

Pashupati Templeकाठमाडौँ, १२ मङ्सिर । मार्ग कृष्ण पक्षको त्रयोदशीका दिन राति शिवालयमा परिवारका मृतक सदस्यको सद्गतिको सङ्कल्पसहित दीपदान र चतुर्दशीका दिन बिहान मृगस्थलीमा सत्वीज छरी बाला चतुर्दशी पर्व मनाइँदै छ ।

यसरी दीपदान गर्नाले मृतकले सद्गति प्राप्त गर्ने धार्मिक विश्वास रहिआएको छ । यही विश्वासमा आज बेलुकीदेखि नै पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवालयमा भक्तजनको भीड लागेको छ ।

पशुपतिमा भक्तजनका लागि व्यवस्थित रुपमा बत्ती बाल्ने व्यवस्था मिलाइएको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा गोविन्द टन्डनले जानकारी दिनुभयो ।

चतुर्दशीका दिन बिहानै मृगस्थली क्षेत्रमा धानका सय बीउ छरेमा जन्मने र मर्ने प्रपञ्चबाट मुक्त भइने कुरा हेमाद्रिले लेखेको चतुर्वर्ग चिन्तामणिमा व्याख्या गरिएको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले बताउनुभयो ।

“शास्त्रमा बरखी बारेर सेतो कपडा लगाएका बेला शिवको नामसम्म लिनु हुँदैन भनिएको छ तर व्यवहारमा प्राचीनकालदेखि नै यो परम्परा चली आएकाले यो पर्वका विषयमा खोजी गरिनु आवश्यक छ, बत्ती बाल्ने र सत्बीज छर्ने बरखी बारेका बेलामा होइन अरु बेलामा हो भन्ने शास्त्रीय प्रमाण छ”– उहाँले भन्नुभयो ।

सत्बीज सय थरी बीउ मिसाएर छर्ने भन्ने परम्परा पनि शास्त्रीय रुपमा नमिल्ने उहाँले बताउनुभयो । धानकै सय बीउ छर्ने शास्त्रीय मान्यता भएको समितिको भनाइ छ । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter