केसीको जवीनरक्षाका लागि सार्थक वार्ता गर्न सरकारसंग आग्रह

dr_govindaकाठमाडौँ, १३ मङ्सिर । राष्ट्रिय मानवअधिकार आयोगले स्वास्थ्य क्षेत्रको माग राखी आन्दोलनरत डा गोविन्द केसीको जीवन रक्षाका लागि सार्थक वार्ताबाट समस्याको समाधान गर्न सरकारसंग आग्रह गरेको छ ।

आयोगका प्रवक्ता मोहना अन्सारीले आज प्रेस विज्ञप्ति निकाल्दै विरोधको स्वरुप जस्तोसुकै भए पनि डा केसीको स्वास्थ्योपचार जीवनको अधिकारसँग जोडिएकाले निजको जीवन रक्षाप्रति संवेदनशील हुन सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले डा केसीसँग वार्ता र संवादबाटै समस्याको समाधान खोजी यसप्रकारको घटनालाई पुनरावृत्ति हुन नदिनसमेत सरकारलाई आग्रह गर्नुभयो ।

पटक–पटकको अनशनका कारण केसीको स्वास्थ्य अवस्था कमजोर बन्दै गएको, मुटुको चाल घटबढ भएको, रोग प्रतिरोधात्मक क्षमता कमजोर बन्दै गएको आयोगको अनुगमनका क्रममा बुझिएको विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा भनिएको छ – सरकारी अस्पतालका भवन तथा उपचारका उपकरण जीर्ण बन्दै गएको, पिउने पानीको अभाव, फोहरको सही व्यवस्थापन नहँुदा अस्पताल क्षेत्रमा दुर्गन्ध फैलिने लगायतका समस्या देखिएको छ । अस्पतालमा स्वच्छ पिउने पानी, खाना, शौचालय लगायतका भौतिक सामग्रीको उपलब्धता र गुणस्तरीय स्वास्थ्य सेवाको व्यवस्था गर्नसमेत आयोगले नेपाल सरकारलाई आग्रह गरेको छ । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter