स्वास्थ्यमन्त्री थापाद्वारा अनशनरत डा केसी र डिन सिंहसँग भेट

dr_govindaकाठमाडौँ, १४ मङ्सिर । स्वास्थ्यमन्त्री गगनकुमार थापाले आज चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम)का डिन डा केपी सिंह र शिक्षण अस्पतालमा अनशनरत डा गोविन्द केसीसँग भेट गर्नुभएको छ ।

भेटका क्रममा मन्त्री थापाले डा केसीको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुकासाथै समस्या समाधानका लागि आफूले उच्चस्तरीय राजनीतिक संयन्त्रसँग छलफल गर्ने बताउनुभयो ।

उहाँले डा. केसीका मागबारे आज बस्ने मन्त्रिपरिषद्को बैठकमा पनि पुनः कुरा उठाउने आवश्वासन दिनुभएको डा केसीका तर्फबाट वार्ता समिति सदस्य डा जीवन क्षेत्रीले जानकारी दिनुभयो ।

डिन सिंहसँगको भेटमा विद्यमान परिस्थितिको निकासबारे छलफल भएकोे मन्त्रीको निजी सचिवालयले जनाएको छ ।

तीन पटकसम्म वार्तामा बस्दा पनि सरकारका पक्षबाट त्रिविका उपकुलपति डा तीर्थ खनियाँलाई बर्खास्त गर्नुपर्ने र डिनको राजीनामाका विषयमा कुरा हुुनै नसकेको वार्ता समिति सदस्य डा क्षेत्रीले बताउनुभयो ।

यता, अनशनरत डा केसीको स्वास्थ्य नाजुक बन्दै गएको छ । उहाँको मुटुको चाल अनियन्त्रित हुने समस्या फेरि देखिएको र यो अवस्था लम्बिए ठूलो समस्या हुन सक्ने उहाँले जानकारी दिनुभयो । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter