प्रेस काउन्सिल–सानिमा बैंक पुरस्कार न्यौपाने र बोहरालाई

karna-boharaकाठमाडौँ, १४ मङ्सिर । प्रेस काउन्सिल–सानिमा बैंक राष्ट्रिय पत्रकारिता पुरस्कार छनौट समितिले यस वर्षको प्रेस काउन्सिल सानिमा बैंक राष्ट्रिय पत्रकारिता पुरस्कार मरणोपरान्त स्वर्गीय पत्रकारद्वय सञ्जय न्यौपाने र कर्ण बोहरालाई संयुक्तरुपमा प्रदान गर्ने निर्णय गरेको छ ।

प्रेस काउन्सिल नेपालले आज पाँच लाख रुपैयाँ राशि रहेको उक्त पुरस्कार दुवै पत्रकारका परिवारलाई संयुक्तरुपमा प्रदान गरिने निर्णय गरेको हो ।

काउन्सिलका अध्यक्ष बोर्णबहादुर कार्कीको संयोजकत्वमा नेपाल पत्रकार महासङ्घका अध्यक्ष डा महेन्द्र बिष्ट र सानिमा बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत भुवनकुमार दाहाल सदस्य एवम् काउन्सिलका मुख्य अधिकृत झवीन्द्र भुसाल सदस्यसचिव रहेको पुरस्कार छनौट समितिले सर्वसम्मतिले सो निर्णय गरेको हो ।

उक्त पुरस्कार विशेष समारोह आयोजना गरी चाँडै प्रदान गरिनेछ । स्व सञ्जय न्यौपाने कान्तिपुर राष्ट्रिय दैनिकमा लामो समयसम्म रिपोर्टिङ, उपसम्पादक हुँदै प्रमुख संवाददाता र आर्थिक ब्युरो प्रमुखका रुपमा कार्यरत रहनुभयो । त्यसपछि उहाँको आर्थिक क्षेत्रको पहिलो ‘ब्रोडसिट’ कारोबार दैनिकमा सम्पादकका रुपमा रहनुभयो ।

राष्ट्रिय–अन्तर्राष्ट्रिय क्षेत्रबाट थुप्रै फेलोसिप र पुरस्कार प्राप्त गर्नुभएका पत्रकार न्यौपाने आर्थिक पत्रकार समाज (सेजन)को उपाध्यक्ष रहनुभएको थियो । पत्रकारितामा क्रियाशील रहिरहेकै बेला मस्तिस्कसम्बन्धी गम्भीर रोगबाट ग्रस्त भई उपचारकै क्रममा उहाँको २०७३ साल कात्तिक २० गते निधन भएको थियो ।

त्यस्तै कञ्चनपुरको महेन्द्रनगरबाट प्रकाशित अभियान दैनिकको डडेल्धुरा संवाददाताका रुपमा पत्रकारिता सुरु गर्नुभएका स्व कर्ण बोहरा स्थानीय कालापानी साप्ताहिक महानगर पोस्ट र राष्ट्रिय तहका स्पेसटाइम दैनिक, च्यानल नेपाल टेलिभिजन, रहस्य साप्ताहिकलगायत सञ्चारमाध्यममा आबद्घ हुनुभयो ।

पछिल्लो समयमा उहाँ महेन्द्रनगरबाट प्रकाशित पश्चिम नेपालको सम्पादक÷प्रकाशक, महेन्द्रनगरबाटै प्रसारित पश्चिम नेपाल रेडियोको प्रबन्ध निर्देशक तथा काठमाडौँबाट प्रसारित न्युज–२४ टिभीको सुदूर–पश्चिम ब्युरो प्रमुखका रुपमा कार्यरत हुनुहुन्थ्यो ।

पछिल्लो समयमा मुटु रोगका साथै मधुमेह र उच्च रक्तचापबाट पीडित पत्रकार बोहराको दुवै मिर्गौला खराब भई उपचार गराइरहेकी श्रीमतीको कुरुवा बसेको अवस्थामा २०७३ मङ्सिर १० गते काठमाडौँमा निधन भएको थियो । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter