जाजरकोटको अनौठो संस्कार : महादेव र वर्मको भैलो

Map of Jajarkotहेमन्त केसी / जाजरकोट, मङ्सिर, १५ । यहाँको सक्ला–१, लैखममा मात्र हुने अनौठो संस्कार महादेवको भैलो हिजोआज मनाइँदैछ ।

गाउँभरीका मानिस जम्मा भएर गाउँमा भैलो खेलेर यो महादेवको भैलो मनाईन्छ । खत्रीहरु मात्र बसोबास गर्ने लैखम गाउँमा कात्तिक १६ गतेदेखि सुरु भएको भैलो मङ्सिर २५ गते सम्पन्न हुने भैलो आयोजक समितिका संयोजक तथा स्वारे (नाइके तथा भैलोका पुजारी) शेरबहादुर खत्रीले बताउनुभयो ।

यो भैलीमा वृद्धदेखि बालकसम्मले महादेवको भैलो खेल्न पाउँछन् । भैलोमा तिहारमा उच्चारण गरेको जस्तो गीत प्रयोग गर्न पाइँदैन, महादेव, वर्म देवताको विशेष पुजा गरेर उहाँकै गुणगान गाएर भैलो खेलिन्छ ।

प्रत्येक ३ वर्षमा भैलो उठाउँने र मार्ने अर्थात सुरुवात गर्ने र अन्तिम गर्ने गरिन्छ । महादेव, वर्मले प्रत्येक ३ वर्षमा भैलो नखेलेमा अनिष्ट हुने मान्यताका कारण यो भैलो खेल्ने गरिएको महादेवका स्वारे शेरबहादुर खत्रीले जानकारी दिनुभयो ।

यो गाउँमा तिहारमा देउसी, भैलो खेल्न महादेव र वर्मले नदिने भएका कारण लैखम गाउँमा महादेव, वर्मको भैलो खेल्ने कार्य मात्र हुने स्थानीय प्रेमबहादुर केसीले बताउनुभयो ।

यस गाउँमा दलित जातिका मानिस बस्न नपाउँने र यदि अटेर गरेर बसेमा अनिष्ट हुने जनविश्वास भएकोले बसेको पाइँदैन ।

भैलो मनाउन प्रत्येक घरवाट १ पाथी चामल र रु ५ सय रकम उठाउने गरिन्छ । उठाएको रकम बाहिरबाट आएका पाहुनालाई स्वागत, सत्कार गर्ने कार्यमा खर्च गरिन्छ ।

एकजना बेहुला र एकजना बेहुली वनाएर भैलोमा प्रयोग गरिएको आगोको राँगो (ज्वाला)लाई हिर्काएर भैलोको औपचारिक बिदाई गरिन्छ । रासस

Related News

Comments are closed

TOP NEWSview all

Teacher quits job and takes to kiwi cultivation

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter