सुशासन नहुनुमा अस्थिर राजनीति जिम्मेवार : टिआइ नेपाल

Transparancyकाठमाडौँ / १५ मङ्सिर । भ्रष्टाचारविरुद्धको सहकार्यका लागि गठित नागरिकको संस्था ट्रान्सपरेन्सी इन्टरनेसनल (टिआइ नेपाल) ले मुलुकमा कानुनको शासन संस्थागत हुन नसक्नुमा अस्थिर राजनीति जिम्मेवार रहेको जनाएको छ ।

आज यहाँ आयोजित अन्तक्र्रियामा टिआइ नेपालले सार्वजनिक जीवनमा नैतिक धरातल अत्यन्त कमजोर रहेकाले सदाचारयुक्त समाजको परिकल्पना गर्न पनि कठिन भएको बताएको छ । आफ्नो एक्लो प्रयासबाट सदाचार कायम हुन नसक्ने उल्लेख गर्दै टिआइ नेपालले राजनीतिक दलभित्र व्याप्त भ्रष्टाचार अन्त्यका लागि राजनीतिक क्षेत्रमा सुशासनको बहस हुनुपर्नेमा पनि जोड दिएको छ ।

संस्थाका अध्यक्ष वरिष्ठ अधिवक्ता श्रीहरि अर्यालले भन्नुभयो, “कुनै संवैधानिक निकायका प्रमुखले पद अनुकूलको आचरण नगरेमा त्यसलाई संसद्ले सम्बोधन गर्नसक्ने देखियो तर नागरिकप्रति उत्तरदायी हुन नसक्ने दलको समग्र सुशासनको अवस्थालाई पनि नागरिकले नियाल्नुपर्छ ।” रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter