सुस्ताएको पूर्वाञ्चल विश्वविद्यालयको विकास तीव्र

purbanchal-universityमोरङ, ८ पुस । लामो समयदेखि राजनैतिक भागबन्डामा पर्दै आएको पूर्वाञ्चल विश्वविद्यालयले आफ्ना पूर्वाधार विकासमा जोड दिने भएको छ ।

विश्वविद्यालयको पूर्वाधार निर्माणका लागि रु पाँच करोड बजेट पास भइसकेको उपकुलपति प्रा डा घनश्यामलाल दासले जानकारी दिनुभयो ।

विराटनगर उपमहानगरपालिकाको जग्गामा रहेको पुसेट इन्जिनियरिङ कलेजलाई आजीवन प्रयोग गर्ने अधिकार दिइएको छ । गोठगाउँको मेडिकल कलेजको पूर्वाधार निर्माणका लागि रु सात करोडको बजेट विनियोजन भएको विश्वविद्यालयले जनाएको छ । विश्वविद्यालयको आङ्गिक म्यानेजमेन्ट कलेजले पिएचडी कार्यक्रम सञ्चालनमा ल्याएको छ ।

विश्वविद्यालय लामो समयसम्म विभिन्न कारणले प्रात्येक दिन तालाबन्दी हुने गरेको थियो । पदाधिकारीको आर्थिक चलखेल लगायतको कारणले विश्वविद्यालय थला परेको थियो । समयमा परीक्षा नहुने, परीक्षाफल समयमा नआउने लगायतका कारण विद्यार्थी र अभिभावकको विश्वास घट्दै गएको थियो विगत वर्षमा ।

तर आज विश्वविद्यालयमा सुधारका लहर सुरु भएका छन्, अनि विद्यार्थीको विश्वविद्यालयप्रतिको दृष्टिकोणमा परिवर्तन आएको कला सङ्कायका डिन डा शम्भु कोइरालाले बताउनुभयो ।

विश्वविद्यालयका एकसय २० आङ्गिक र सम्बन्धन प्राप्त कलेजमा शैक्षिक क्यालेन्डरअनुसार कार्यक्रम सञ्चालन हुन थालेको छ । उपकुलपति दासले भन्नुभयो, “विश्वविद्यालयको कार्यभार सम्हालेपछि मैले शैक्षिक क्यालेन्डरअनुसार कार्यक्रम सञ्चालनमा ल्याएँ”, प्रा डा दासले भन्नुभयो, “त्यसपछि मैले हाम्रा आङ्गिक तथा सम्बन्धन प्राप्त कलेजको अनुगमनलाई अगाडि बढाएँ ।”

भारतको बनारसमा रहेको सबैभन्दा पुरानो र ठूलो हिन्दू विश्वविद्यालयसँग समझदारी पत्रमा हस्ताक्षर गर्न पूर्वाञ्चल विश्वविद्यालय सफल भएको प्रा डा दासले जानकारी दिनुभयो । साथै विश्वविद्यालयले गोठगाउँमा ट्रमा सेन्टर, कृषि कलेज सञ्चालन लगायतको तयारी गरिरहेको जनाएको छ । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter