राष्ट्रपति भण्डारीद्वारा सातौँ राष्ट्रिय खेलकुदको उद्घाटन

national-gamesविराटनगर, ८ पुस । राष्ट्रपति विद्यादेवी भण्डारीले आज विराटनगरस्थित सहिद रङ्गशालामा सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको भव्य समारोहबीच उद्घाटन गर्नुभयो ।

सो अवसरमा उहाँले खेलाडीलाई मर्यादित, अनुशासित भएर राष्ट्रको प्रतिष्ठामा वृद्धि गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्न आह्वान गर्नुभयो ।

विराटनगरको आदर्श र गौरवका रुपमा रहनुभएका कृष्णप्रसाद कोइराला र लोकतन्त्र स्थापनामा महत्वपूर्ण भूमिका निर्वाह गर्नुहुने अग्रज नेता बिपी कोइराला, मनमोहन अधिकारी, गिरिजाप्रसाद कोइराला र मदन भण्डारीको स्मरण गरी उच्च सम्मान प्रकट गर्नुहुँदै राष्ट्रपति भण्डारीले भन्नुभयो, “यसका साथै लोकतन्त्रको स्थापनामा बलिदान गर्नुभएका ज्ञात÷अज्ञात सहिदप्रति भावपूर्ण श्रद्धाञ्जलि अपर्ण गर्दछु ।”

पूर्वाञ्चलमा सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिता हुनु सुखद् पक्ष रहेको चर्चा गर्नुहुँदै राष्ट्रपति भण्डारीले भन्नुभयो, “सन् २०१८ मा जर्कातामा हुने एसियाली खेलकुद, सन् २०१९ मा आफ्नै मुलुकमा हुने दक्षिण एसियाली खेलकुद र सन् २०२० मा जापानको टोकियोमा हुने ओलम्पिक प्रतियोगिताका लागि यस प्रतियोगिताका माध्यमबाट खेलाडीको तयारीमा महत्वपूर्ण भूमिका हुन्छ ।”

विद्यालयदेखि विश्वविद्यालयसम्मको पाठ्यक्रममा खेलकुदलाई समावेश गर्न सुझाव दिनुहुँदै राष्ट्रपति भण्डारीले भन्नुभयो, “महिला, अल्पसङ्ख्यक र पिछडिएका वर्गका खेलाडीलाई विशेष प्रोत्साहन, श्रेष्ठ खेलाडीलाई रोजगार दिई खेलपछि जीवन निर्वाहको उचित प्रबन्ध मिलाउनु पर्दछ ।”

उहाँले भन्नुभयो, “हिमाल, पहाड र तराई हाम्रो जैविक विविधताले ज्यूँदो सङ्ग्रहालयका रुपमा रहेको कोसी टप्पु वन्युजन्तु आरक्षका दुलर्भ ‘अर्ना’ लाई प्रतियोगिताको मास्कटका रुपमा चयन हुनु नै यो प्रतियोगिता विविधतामा रमाइरहेको बोध हुन्छ ।”

सो अवसरमा युवा तथा खेलकुदमन्त्री दलजीत श्रीपाइलीले यस खेलकुदका माध्यमबाट पूर्वाञ्चलको सामाजिक, आर्थिक र पर्यटकीय क्षेत्रको विकासमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो ।

यसअघि, पाँचवटै विकास क्षेत्रका साथै नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीका खेलाडीले ‘मार्चपास’ गरेका थिए । साथै नेवार, गनगाई, राजवंशी, किराती, मगर, थारु, उराव, दनुवार, गनगाई, थामी, भुजेललगायत एक दर्जनभन्दा बढी आदिवासी जनजातिको झाँकी प्रदर्शन भएको थियो । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter