दर्जनभन्दा बढी गाविसमा पानीको हाहाकार

Drinking waterगौशाला, २६ पुस । महोत्तरी जिल्लाको उत्तरवर्ती एक दर्जनभन्दा बढी गाविसमा खानेपानीको हाहाकार मच्चिएको छ ।

विगत छ महिनादेखि पानी नपर्दा जिल्लाको पशुपतिनगर, किसाननगर, हात्तीलेट, लक्ष्मिनियाँ, बेलगाछी, फुल्काहा, रामनगर, बर्दिबास, गौरीबास, खयरमारा, बिजलपुरा, निगौल, गौशाला नगरपालिकालगायतका ठाउँमा खानेपानीको हाहाकार मच्चिएको स्थानीयबासीले बताएका छन् ।

ढुङ्गा र चट्टानयुक्त भौगोलिक विकटताका कारण अहिले हिउँदमै ती गाविसमा पानीको सतह घटेर धेरै तल गइसकेर ती विभिन्न गाविसमा रहेका २०० भन्दा बढी इनार सुकिसकेका छन् भने बाँकी इनारको पानी पनि पाताल लागिसकेको बेलगाछीका काशी महतोले बताउनुभयो ।

सयौँ इनार एकैचोटी सुकिदिँदा त्यस क्षेत्रमा खानेपानीको विकराल समस्या उत्पन्न भएको र बाँकी इनारबाट एक गाग्री पानी निकाल्न पनि निक्कै समय खर्चिनु परेको लक्ष्मिनियाँका शङ्कर महतोले बताउनुभयो ।

जिल्लाको उत्तरी क्षेत्रका अधिकांश गाविसमा पानीको हाहाकार मच्चिएपछि त्यस क्षेत्रका प्रत्येक परिवारका एकजना सदस्यले दैनिक खानेपानीको जोहोमा छिमेकी गाविस र वरपरका नदी, खोलामा धाउनु परेको गौशालाका हजारी साहले बताउनुभयो ।

खयरमाराका देवेन्द्र यादवका अनुसार पानीको अभावमा त्यस क्षेत्रका बासिन्दाले जसोतसो खाना पकाउने र पिउनेसम्म गरेका छज् भने नुहाउने, लुगाधुने, वस्तुभाउलाई खुवाउने जस्ता कार्य सातामा २÷३ पटक मात्रै गर्ने गरेका छन् ।

ती गाविसमा विभिन्न सामाजिक सङ्घसंस्था र गाविसकै खर्चमै पनि धेरै पहिले जडान गरिएका दर्जनौँ धारा, स्यालो ट्युबवेल र डिप बोरिङ पनि खराब भएर सञ्चालनमा नहुँदा स्थानीयलाई पानीको जोहोका लागि छिमेकी जिल्ला धनुषाको सहर बजार र पाँचदेखि सात किलोमिटर टाढासम्म रहेको छिमेकी गाविसका नदी नाला र इनारमा जानुपर्ने बाध्यता रहेको पशुपतिनगरका वीरेन्द्र महतोले बताउनुभयो ।

यसरी अहिले हिउँदकै बेला त्यस क्षेत्रका दर्जनौँ गाविसमा पानीको अभाव भएपछि स्थानीय चिन्तित भएका छन् भने सम्बन्धित निकायलाई खानेपानीको जोहो गरिदिन माग पनि गरेका छन् । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter