भूकम्पले जोखिम बढाएका बस्ती स्थानान्तरण गर्न समिति

earthquake-houseकाठमाडौँ, २१ माघ । भूकम्पले जोखिम बढाएका बस्ती स्थानान्तरणका लागि २२ महिनापछि प्रक्रिया सुरु भएको छ ।

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले जोखिमयुक्त बस्ती स्थानान्तरण गर्ने सम्बन्धमा प्रतिवेदन तयार पार्न कार्यकारी सदस्य ध्रुवप्रसाद शर्माको संयोजकत्वमा समिति गठन गरेपछि बस्ती स्थानान्तरणको प्रक्रिया सुरु भएको हो ।

प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत प्रा डा गोविन्दराज पोखरेलको अध्यक्षतामा आज बसेको कार्यकारी समितिको ४२ औँ बैठकले शर्माको संयोजकत्वमा प्राधिकरणका विभागीय प्रमुख, सहरी विकास–भूमिसुधार तथा व्यवस्था र सामान्य प्रशासन मन्त्रालयका प्रतिनिधि सदस्य रहने गरी नौ सदस्यीय समिति गठन गरेको प्रवक्ता यामलाल भुसालले जानकारी दिनुभयो ।

“समितिलाई एक साताभित्र बस्ती स्थानान्तरणसम्बन्धी प्रतिवेदन पेस गर्ने समय तोकिएको छ, पुरातात्विक सम्पदाको प्राचीनता नबिग्रने गरी पुनःनिर्माण अघि बढाउन र परम्परागत निर्माण सामग्रीको व्यवस्थापनका लागि कार्यकारी सदस्य हरिराम पराजुलीको संयोजकत्वमा अर्को समिति पनि गठन भएको छ”– उहाँले भन्नुभयो ।

समितिमा संस्कृति, पर्यटन तथा नागरिक उड्डययन मन्त्रालय, पुरातत्व विभाग, काठमाडौँ महानगरपालिका र प्राधिकरणका आर्थिक प्रशासन शाखा प्रमुख सदस्य रहनुभएको छ । सो समितिले पनि सात दिनभित्र प्रतिवेदन पेस गर्ने प्राधिकरणले जनाएको छ ।

भूकम्पपछिको पुनःनिर्माणमा वनजन्य निर्माण सामग्रीको अभाव भएको गुनासो बढेपछि वन तथा भूसंरक्षण मन्त्रालय, टिम्बर कर्पोरेसन नेपाल, सामुदायिक वन उपभोक्ता महासङ्घ र निजी क्षेत्रलाई सहज रुपमा उपलब्ध हुने व्यवस्था मिलाउन अनुरोध गर्ने निर्णय पनि गरिएको प्रवक्ता भुसालले बताउनुभयो । रासस

Related News

Comments are closed

TOP NEWSview all

Teacher quits job and takes to kiwi cultivation

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter