पर्यटन विश्वविद्यालय बनाउन माग

pokhara-touristकाठमाडौँ, २४ माघ । पर्यटन क्षेत्रमा दक्ष जनशक्ति उत्पादनका लागि पर्यटन विश्वविद्यालय बनाउन सरोकार भएकाहरुले माग गरेका छन् ।

समृद्ध नेपाल निर्माण अभियानले यहाँ आज आयोजना गरेको कार्यक्रममा सहभागी वक्ताले आर्थिक समृद्धिको महत्वपूर्ण आधार मानिने पर्यटनमा दक्ष र पर्याप्त जनशक्तिका लागि पर्यटन विश्वविद्यालय बनाउन सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री हितराज पाण्डेले पर्यटनलाई आवश्यक पर्ने जनशक्ति उत्पादन गर्न पर्यटन विश्वविद्यालय आवश्यक छ भन्दै यसका लागि आफ्नातर्फबाट पहल गरिने बताउनुभयो । उहाँले मुलुकको अर्थतन्त्रको बलियो आधार पर्यटन क्षेत्रको विकासका लागि सरकार र निजी क्षेत्रको साझेदारी आवश्यक भएको पनि उल्लेख गर्नुभयो ।

सांसद छाया पन्त, कमला विश्वकर्मा, डिबी नेपालीलगायतले प्राकृतिक सुन्दरता र भौगोलिक विविधताले भरिपूर्ण नेपालको पर्यटनको विकासका लागि प्रभावकारी कार्यक्रम ल्याइनुपर्नेमा बताउँदै नेपालको पर्यटन क्षेत्रलाई गतिशील बनाउन पर्यटन विश्वविद्यालयको आवश्यकता रहेकाले आवश्यक पहल गरिने वचन दिनुभयो ।

राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष दीपेन्द्रबहादुर क्षेत्रीले लोलुफेरा पदमार्गलाई प्रवद्र्धन गर्न सके मुलुकको आर्थिक समृद्धिमा टेवा पुग्ने धारणा राख्नुभयो । नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले मुलुकको पर्यटन क्षेत्रलाई प्रभावकारी रुपमा अघि बढाउन छुट्टै पर्यटन विश्वविद्यालय आवश्यक भएको बताउँदै प्रचुर सम्भावना भएका नयाँ पर्यटकीय गन्तव्यको प्रवद्र्धनार्थ बोर्ड लागि परेको जानकारी दिनुभयो ।

अभियानकर्मी कृष्ण केसीले देशका ७५ वटै जिल्लामा एक÷एक नमुनास्थललाई पर्यटकीय गन्तव्य बनाउन आवश्यक बजेटको व्यवस्था मिलाउन सरकारसमक्ष माग गर्नुभयो । कार्यक्रममा लोलुफेरा (लोमान्थाङ–लुम्बिनी–फेवाताल–राराताल) पदमार्गको अवधारणा र प्रवद्र्धनका सम्भावनाबारे प्रस्तुति गरिएको थियो ।

सो अवसरमा लोलुफेराको प्रवद्र्धनका लागि गुरुयोजना बनाउन रु एक करोड बजेट विनियोजन गरिएको पनि जानकारी दिइयो । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter