चाबहिलको मैजुबहालमा ‘हेल्थ प्रमोसन सेन्टर’

government logoकाठमाडौँ, २५ माघ । पछिल्लो समय नसर्ने रोगको बिगबिगी बढ्न थालेपछि यसबारे जनतालाई सचेत गराउने उद्देश्यले चाबहिलको मैजुबहालमा स्वास्थ्य प्रवद्र्धन केन्द्र (हेल्थ प्रमोसन सेन्टर) खोलिने भएको छ ।

राजधानीको १० स्थानमा खोल्ने लक्ष्य लिइएको भएपनि चाबहिलबाट सुरुआत गर्नेगरी स्थान टुङ्गो लगाएको स्वास्थ्य मन्त्री गगनकुमार थापाले जानकारी दिनुभयो । उहाँले दशमध्ये सात स्थानको टुङ्गो लागिसकेको र बाँकी तीन स्थान पनि छिट्टै टुङ्गो लगाइने बताउनुभयो ।

यस्तै, मैतीदेवी, नक्सालस्थित नन्दी रात्रि स्कुलको खाली रहेको जग्गा, कुलेश्वर, लैनचौर, पुरानो बसपार्क तथा डल्लुस्थित डल्लु आवास क्षेत्रमा निर्माणाधीन भवनमा पनि सेन्टर खोल्न प्रस्ताव गरिएको मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयले स्वास्थ्य प्रवद्र्धन केन्द्र (हेल्थ प्रमोसन सेन्टर) खोल्ने तयारी गरेको एक महिना अगाडि घोषणा गरेको थियो । राजधानीमा जनचाप धेरै हुने र पूर्वाधार भएको स्थान हेरी प्रारम्भमा कम्तीमा १० वटा सेन्टर खोल्ने मन्त्री थापाको भनाइ छ ।

जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख महेन्द्रप्रसाद श्रेष्ठले अहिले सञ्चालनमा रहेका सहरी स्वास्थ्य क्लिनिकलाई परिमार्जन गरी थप जनशक्तिसहित हेल्थ प्रमोसन सेन्टर खोल्न लागिएको बताउनुभयो ।

यस्ता सेन्टरको व्यवस्थापन काठमाडौँ महानगरपालिकाले गर्ने र आर्थिक स्रोतका लागि मन्त्रालय र महानगरले समान लगानी गर्ने बताइएको छ ।

यस्ता सेन्टरमा एक÷एक जना एमबिबिएस डाक्टर, ल्याब र एक जनस्वास्थ्य अधिकृत रहनेछन् जसले नसर्ने रोगका बारेमा परामर्श दिने र पिसावको जाँचद्वारा मिर्गौला र अन्य रोगको परीक्षण निःशुल्क गर्ने व्यवस्था गरिने बताइएको छ ।

सेन्टरले रोग लागेका व्यक्तिलाई सम्बन्धित अस्पतालमा पठाउने र जोखिममा रहेका व्यक्तिलाई जीवनशैली परिवर्तन र खानपानका लागि उपयुक्त सुझाव दिनेछ । सेन्टरको प्रमुख उद्देश्य रोग लाग्नै नदिनु र जोखिममा रहेका व्यक्तिलाई जोगाउनु रहेको प्रमुख श्रेष्ठको भनाइ छ ।

केही समयअघि सरुवा रोगले ग्रस्त बनाएको नेपालमा जीवनशैलीमा आएको परिवर्तनसँगै बदलिएको खानपान, रहनसहनले नसर्ने रोगले व्यापकता लिँदै आएको छ । सरकारको पछिल्लो तथ्याङ्क हेर्ने हो भने अहिले ६० प्रतिशत नसर्ने र ४० प्रतिशत सरुवा रोगका कारण मानिसको मृत्यु हुने गरेको छ ।

सेन्टरमा रहेका जनस्वास्थ्य अधिकृतले खानेपानी, खाद्यान्न, रेस्टुराँ, होटल लगायतका क्षेत्रमा गुणस्तर अनुगमन पनि गर्नेछन् । व्यायाम र योगको व्यवस्था पनि हुनेछ ।

चरणबद्ध रुपमा देशभरका सहरी स्वास्थ्य क्लिनिकलाई हेल्थ प्रमोसन सेन्टरमा परिमार्जन गर्ने मन्त्रालयको योजना रहेको छ । रासस

Related News

Comments are closed

TOP NEWSview all

Japan Hands Over the Sanitary Napkin-Making Machine in Parsa

Mayor Shah directs employees to reduce visits, seminars

Veteran singer, musician Bhakta Raj Acharya passes away

Trade deficit of Rs 811 billion in first seven months

WHO congratulates Nepal for legislation to restrict trans-fatty acids in food




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter