मुक्त हलियालाई सौर्य बत्ती वितरण

solar panelकञ्चनपुर, २६ माघ । जनसङ्ख्या तथा वातावरणमन्त्री जयदेव जोशीले कञ्चनपुरको झलारीमा आज सौर्यवती वितरण कार्यक्रमको शुभारम्भ गर्नुभएको छ ।

मन्त्री जोशीले मुक्त हलिया परिवारका एकल महिला आशादेवी दमाईलाई सौर्य बत्ती उपलव्ध गराई वितरण कार्यक्रमको शुभारम्भ गर्नुभएको हो ।

जिल्ला मुक्त हलिया पुनःस्थापन समाज कञ्चनपुरले आयोजना गरेको कार्यक्रममा मन्त्री जोशीले दलित समुदाय समाजमा पछाडि परेकाले आर्थिक सामाजिक रुपमा माथि उठाउनका लागि सक्दो पहल गर्ने बताउनुभयो ।

मुक्त हलियामा अधिकांश परिवार दलित समुदायकै भएकाले उनीहरुको पुनःस्थापन र जीविकोपाजर्नका कार्यहरु तत्काल अगाडि बढाउनका लागि कार्य गरिनुपर्ने उहाँको भनाई रहेको थियो ।

छनौटमा परेका अन्य ११० जना मुक्त हलिया परिवारलाई जिल्ला विकास समिति कञ्चनपुरमार्फत सौर्यबत्ती उपलव्ध गराइने कार्यक्रममा जानकारी दिइयो । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter