नगरपालिकाको लगानीमा यातायात कम्पनी

traval busकाठमाडौँ, २७ माघ । काठमाडौँ उपत्यकाका यात्रुलाई सस्तो, सुलभ, स्तरीय र भरपर्दो नगर यातायात सेवा दिने गरी सरकारीस्तरबाट यातायात कम्पनी खुल्ने भएको छ ।

सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयको अग्रसरता एवम् काठमाडौँ महानगरपालिकाको नेतृत्वमा उपत्यकाका २२ नगरपालिकाले सेयर राखी कम्पनी स्थापना गर्न लागेका हुन् । रु १० करोड सञ्चालन खर्च हुने गरी कम्पनी स्थापनाको अन्तिम चरणमा पुगेको मन्त्रालयका पूर्वाधार विकास महाशाखा प्रमुख जीवनकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

कम्पनीका लागि कामपाले रु दुई करोड, ललितपुर उपमहानगरपालिकाले रु एक करोड, भक्तपुर नगरपालिकाले रु ६० लाख तथा कीर्तिपुर– गोकर्णेश्वर– बूढानीलकण्ठ– टोखा– नागार्जुन र मध्यपुरथिमी नगरपालिकाले रु ३५÷३५ लाख सेयर लगानी गर्नेछन् । शङ्खरापुर, कागेश्वरी मनोहरा, तारकेश्वर, चन्द्रागिरि, दक्षिणकाली, कार्यविनायक, गोदावरी, महालक्ष्मी, वज्रबाराही, अनन्तलिङ्गेश्वर, सूर्यविनायक, चाँगुनारायण र महामञ्जुश्री नगरकोट नगरपालिकाले रु १०÷१० लाख चालु बजेटबाट कम्पनीका लागि छुट्याएका छन् । सरकारले चालु आवमै कम्पनीका लागि रु तीन करोड अनुदान दिएको छ ।

“कम्पनीको प्रबन्धपत्र र नियमावली तयार पारी नगरपालिकाका तर्फबाट कार्यकारी अधिकृतलाई हस्ताक्षर गराइएको छ, कम्पनी दर्ता गरी तीन महिनाभित्र यातायात सञ्चालन गर्ने गरी काम अघि बढेको छ”, उहाँले भन्नुभयो । राजधानीमै यात्रुले सकसपूर्ण रुपमा यातायातमा यात्रा गर्न बाध्य भएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको गत साउनको निर्देशनबमोजिम मन्त्रालयले स्थानीय निकायलाई परिचालन गरी कम्पनी स्थापना गर्न लागेको हो ।

कम्पनी स्थापनापछि राति काम गर्ने यात्रुले ढुक्क भएर काम गर्न सक्नेछन् । हाल निजी क्षेत्रले सञ्चालन गरिरहेको यातायातले बेलुकी ६ बजेपछि यातायात नचलाउँदा यात्रु मर्कामा पर्ने गरेका छन् । अपाङ्गमैत्री र वातानुकूलितयुक्त सवारी पनि सञ्चालनमा ल्याइने मन्त्रालयले जनाएको छ ।

कम्पनीका यातायात सुरु भएपछि अन्तर्राष्ट्रिय विमानस्थलबाट राति बाहिर जाने र आउने यात्रुलाई पनि सुविधा हुनेछ । सवारीमा सामान राख्ने स्थानसमेत हुनेछ । यसअघि सरकारी निकायकै बढी लगानीमा साझा यातायात काठमाडौँ उपत्यका र उपत्यका बाहिर पनि सञ्चालनमा छ । सरकारी निकायले नाफा नकमाई नाफा यातायात क्षेत्रमै लगानी गर्ने गरी कम्पनीको प्रबन्धपत्र र नियमावलीमा व्यवस्था गरिएको छ । कम्पनीका सवारी सञ्चालनमा आएपछि उपत्यकामै रहेको यातायात एकाधिकार तोडिने र यात्रुले सहज रुपमा सेवा पाउने विश्वास गरिएको छ । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter