बन्चरे डाँडामा दीर्घकालीन फोहर विस्थापनस्थल विकास गरिने

Garbageकाठमाडौँ, २७ माघ । नुवाकोट र धादिङको सिमाना बन्चरे डाँडामा दीर्घकालीन फोहर विस्थापनस्थल विकास गर्ने सहमति भएपछि ओखरपौवा डम्पिङसाइट समन्वय सङ्घर्ष समितिले आज विरोधका कार्यक्रम स्थगन गरेको छ ।

यहाँ आज काठमाडौंँ महानगरपालिकाका तर्फबाट कार्यकारी अधिकृत रुद्रसिंह तामाङ र सङ्घर्ष समितिका तर्फबाट अध्यक्ष विश्वास डिसीलगायतबीच बसेको बैठकमा सो सहमति भएपछि आगामी विरोधका कार्यक्रम स्थगन गरिएको हो ।

बैठकले बन्चरे डाँडामा दीर्घकालीन ‘ल्यान्डफिल साइट’ विकास गर्न आवश्यक तयारी गरी सञ्चालनमा ल्याउने, विद्यमान ल्यान्डफिल साइटको व्यवस्थापनमा प्रभावकारिता बढाउने र प्रभावित क्षेत्रको विकास योजनाको प्रभावकारी कार्यान्वयन गर्ने निर्णय गरेको छ ।

काठमाडौं उपत्यकाभित्रका सबै नगरपालिकाको सहभागिता रहने गरी ल्यान्डफिल साइट विकास तथाा व्यवस्थापन परियोजना सञ्चालनमा ल्याउन सम्बद्ध निकायमा आग्रह गर्ने सहमति भएपछि सङ्घर्ष समितिले फागुन १ गतेदेखि फोहोर बोक्ने सवारी प्रवेशमा रोक लगाउने विरोधको कार्यक्रम स्थगन गरेको हो ।

बैठकमा ल्यान्डफिल साइटको प्रत्यक्ष प्रभावित क्षेत्र निर्धारण गर्न नेपाल विज्ञान प्रविधि प्रज्ञा–प्रतिष्ठान (नास्ट) लाई आग्रह गर्ने निर्णयसमेत भएको छ । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter