अति सुरक्षित रुपमा गर्नुपर्ने छपाइका काम स्वदेशमा नै गर्ने सरकारको तयारी

government logoकाठमाडौँ, २ फागुन । अति सुरक्षित रुपमा गर्नुपर्ने छपाइका काम सरकारले स्वदेशमा नै गर्ने तयारी गरेको छ ।

सुरक्षण मुद्रणसम्बन्धी विधेयकको मस्यौदामाथि आज सूचना तथा सञ्चार मन्त्रालयमा भएको छलफलमा नोट (कागजी मुद्रा), राहदानी, स्टिकर, सवारी चालक अनुमतिपत्रलगायतका छपाई विदेशस्थित कम्पनीबाट गराउनुभन्दा स्वदेशमा नै गर्नुपर्नेमा जोड दिइएको हो ।

राज्यका अति महत्वपूर्ण वस्तु विदेशमा छाप्नु सोचनीय विषय भएको जनाउँदै मन्त्रालयले स्वदेशमा नै सुरक्षण मुद्रणसम्बन्धी व्यवस्था गर्नुपर्नेमा जोड दिइएको मन्त्रालयका सहसचिव किशोरजङ्ग कार्कीले जानकारी दिनुभयो ।

भिन्नभिन्न छपाइका कामका लागि विदेशस्थित मुद्रण कम्पनीमा छपाई गर्ने गरिएको र यस्तो छपाइवापत ठूलै रकम खर्च हुने गरेको छ । त्यस्तो खर्चको भुक्तानी वैदेशिक मुद्रामा गर्नुपर्ने भएकाले वैदेशिक मुद्राको सञ्चितीमा समेत भार पर्ने गरेको छ ।

सरकारले पटक–पटक घोषणा गरेको भएपनि हालसम्म सुरक्षण मुद्रण नेपालमा गर्न नसकिएको अवस्थालाई ध्यानमा राखी मुद्रण विभागले तयार गरेको सुरक्षण मुद्रणसम्बन्धी विधेयकको मस्यौदाउपर सरोकारवालाबीच आज छलफल गरिएको सहसचिव कार्कीले बताउनुभयो ।

प्राप्त सुझावका आधारमा मुद्रण विभागले प्रस्तावित विधेयक परिमार्जन गरी मन्त्रालयमा पेस गर्ने छ ।

मन्त्रालयले सम्बद्ध निकायको परामर्श लिई अन्तिम रुप दिने निर्णय गरेको छ ।

सूचना तथा सञ्चार मन्त्रालयका सचिव महेन्द्रमान गुरुङको अध्यक्षतामा बसेको बैठकमा मन्त्रालयका उच्चपदस्थ कर्मचारी, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, निर्वाचन आयोग, गृहमन्त्रालय, परराष्ट्र मन्त्रालय, उद्योग मन्त्रालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय, सूचना विभाग, मुद्रण विभाग र नेपाल राष्ट्र बैंकका प्रतिनिधि तथा नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्षलगायत सहभागी हुनुहुन्थ्यो । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter