नेपालको संविधान विश्वकै नमूनाः परराष्ट्रमन्त्री

prakas srn mahatकाठमाडौं, ३ फागुन । परराष्ट्रमन्त्री डा. प्रकाश शरण महतले नेपालको नयाँ संविधान समावेशी प्रजातन्त्रको विश्वकै नमूना भएको बताएका छन् । शान्ति वार्ताबाट द्धन्द्धको समाधान गरी संविधान सभाबाटै संविधान निर्माण भएको र यो समावेशीकरणको नमूना रहेको स्पष्ट पारे । बेल्जियमस्थित नेपाली दूतावास र युरोपियन इन्स्टिच्युट फर एसियन स्टडिजद्वारा मङ्गलबार ब्रसेल्समा आयोजित नेपालमा समावेशी प्रजातन्त्र र आर्थिक रुपान्तरण विषयक अन्तरक्रियामा मन्त्री महतले यस्तो बताएका हुन् । उनले विगतमा शान्ति र प्रजातन्त्रका लागि गरेको संघर्षको परिणामस्वरुप दशकौंपछि नेपाली जनताले संविधानसभा मार्फत निर्माण गरेको संविधान प्रजातान्त्रिक, समावेशी र सहभागितामूलक रहेको बताए ।

‘हामी संसारममा नै उदाहरण दिनमिल्नेगरी समावेशी प्रजातन्त्रको अभ्यास गरिरहेका छौँ र हामीले संविधानमा नै देशको संसदमा कम्तीमा पनि ३३ प्रतिशत र देशका सबै स्थानीय तहहरुमा ४० प्रतिशत महिला सहभागिताको सुनिश्चितता गरेका छौँ’ मन्त्री महतले भने, ‘त्यसैगरी राज्यका विभिन्न अंगमा समावेशिताका आधारमा सबै बर्ग, समुदाय र क्षेत्रको प्रतिनिधित्व गराउने गरेका छौँ ।’

राज्यका नीतिहरुमा समाजमा पछि परेका महिला तथा समुदाय, दलित समुदाय, आदिवासी जनजाति, मधेशी, थारु तथा अल्पसंख्यकको हित प्रवर्धनको व्यवस्था गरिएको पनि उनले बताए । मन्त्री महतले यस्ता समुदायको आधिकारको रक्षा गरी उनीहरुको उत्थानका लागि अलग्गै संवैधानिक आयोगहरुको पनि गठन गरिएको पनि उल्लेख गरे ।

‘हाल नेपालमा राष्ट्रपति, प्रधानन्यायाधीश र संसदको सभामुखमा महिला रहनुभएको छ । नेपालको इतिहासमा राज्यका यी महत्वपूर्ण निकायमा यसरी महिलाको नेतृत्व प्राप्त भएको यो पहिलो घटना हो’ मन्त्री महतले भने, ‘नेपालको इतिहासमा यो अवधिमा देशका नीति निर्माण लयागतका विभिन्न तहमा महिलाको प्रतिनिधित्वमा बृद्धि भइरहेको छ ।’

नेपाल सधैं शान्ति, प्रजातन्त्र र मानवअधिकारका पक्षमा रही हरेक नागरिकको मौलिक तथा नैसर्गिक अधिकारको सम्मान गरेको पनि मन्त्री महतले बताए । नेपालले आगामी केही समयभित्रै केन्द्र तथा स्थानीय तहहरुका निर्वाचनको योजना गरिरहेको र यसमार्फत लामो समयपछि संविधानको कार्यान्वयनमा थप सशक्तता आउने पनि उनको भनाई थियो । नेपाल सधैं शान्तिपूर्ण सहअस्तित्व, समावेशीता तथा बहुसांस्कृतिक मान्यतामा विश्वास गर्ने भन्दै महतले अन्तर्राष्ट्रिय समुदायका बीचमा पनि सहयोग, साझेदारिता र समन्वय कायम गर्न सकिन्छ भन्नेमा नेपालको विश्वास रहेको उल्लेख गरे । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter