स्ववियु निर्वाचन फागुन १८ मा हुने

TUकाठमाडौँ, ६ फागुन । आगामी फागुन १४ मा हुने भनिएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निवार्चन कार्यतालिका त्रिभुवन विश्वविद्यालय (त्रिवि) हेरफेर गरेको छ । त्रिविले शुक्रवार एक विज्ञप्ती जारी गर्दै कार्यतालिका हेरफेर भएको जानकारी गराएको हो । त्रिविद्धारा जारी विज्ञप्तीमा भनिएको छ,‘त्रि.वि.का क्याम्पसहरुमा मिति २०७३ साल फाल्गुण १४ गते हुने भनिएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन विशेष कारणवश २०७३ साल फाल्गुण १८ गते हुनेछ ।’

त्रिविले सार्वजनिक गरेको नयाँ कार्यतालिका अनुसार फागुन ११ गते बिहान १० बजे मतदाता सूची प्रकाशित हुने उल्लेख छ । भने, सोही दिन दुई बजेसम्म मतदाता सूचीमाथि दावी बिरोध गरिनेछ । फागुन १२ गते अपरान्ह १२ बजेसम्ममा मतदाताको अन्तिम नामावली सार्वजनिक गर्ने समय छुट्याइएको छ । त्यसैगरी, उम्मेदवारको लागि मनोनयनपत्र वितरण (प्रत्यक्ष र समानुपातिक दुवैको लागि) फागुन १२ गते दिनको १२ बजेदेखि ५ बजेसम्म गरिसक्नुपर्ने कार्यतालिकामा उल्लेख छ ।

उम्मेदवारको मनोनयन पत्र प्रत्यक्ष र समानुपातिक तर्फको शिलवन्दी नामावली दाखिला गर्ने फागुन १४ गते विहानको १० बजेदेखि दिउँसोको तीन बजेसम्मकाे समय ताेकिएकाे छ । प्रत्यक्षतर्फको उम्मेदवारको नामावली प्रकाशित सोही दिनको ५ बजे गरिनेछ । फागुन १५ गते उम्मेदवारको नामावली उपर दाबी विरोध गर्ने अन्तिम समय बिहान ८ बजेदेखि १० बजेसम्म छुट्याइएको छ । सोही मितिमा दाबी विरोध उपर छानबिन गरी उम्मेदवारको नामावली प्रकाशित दिउँसो १२ बजे गरिने र दिउँसो १२ बजेदेखि दिउँसो तीन बजेसम्म उम्मेदवारको नाम फिर्ता लिने अन्तिम समय दिइने भएको छ । त्यसैगरी, फागुन १५ गते नै बेलुकी पाँच बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशित गरिनेछ भने फागुन १८ गते स्ववियु निर्वाचन हुने त्रिविद्धारा जारी गरिएको कार्यतालिकामा उल्लेख छ ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter