हामीले आफ्नै आस्था र विश्वासको राजनीति अंगाल्नुपर्छ : पूर्वराजा ज्ञानेन्द्र

Former King Gyanendra Shah speakingकाठमाडौँ, ६ फागुन । पूर्वराजा ज्ञानेन्द्र शाहले राजसंस्था तर्फ लक्षित गर्दै आफ्नै आस्था र विश्वासको राजनीति अंगाल्नुपर्ने बताएका छन्। ६७ औँ प्रजातन्त्र दिवसको अवसरमा शुक्रबार शुभकामना सन्देश सार्वजनिक गर्दै पूर्वराजा ज्ञानेन्द्रले यस्तो बताएका हुन् ।

शुभकामनामा ज्ञानेन्द्रले राजा त्रिभुवनको स्मरण गर्दै प्रजातन्त्रको समेत व्यख्या गरेका छन् । ‘६७ औँ प्रजातन्त्र दिवसका अवसरमा म हाम्रा जिजुबुबा राष्ट्रपिता श्री ५ त्रिभुवनसहित प्रजातन्त्रका निम्ति त्याग र उत्सर्ग गर्ने सबैको स्मरण गर्न चाहन्छु’, शुभकामना सन्देशमा भनिएको छ, ‘प्रजातन्त्र आधुनिक विश्व राज्य व्यवस्थाको एक सुन्तर अलंकार मात्र होइन मानवीय हक र हितको आधार स्तम्भ पनि हो ।’

प्रजातन्त्रको पहिलो सर्त जनताप्रति उत्तरदायी नेतृत्व हुनुपर्छ भन्ने आफ्नो धारणा रहेको समेत पूर्वराजा ज्ञानेन्द्रले शुभकामना सन्देशमा उल्लेख गरेका छन्।

‘प्रजातन्त्रमा राजनीतिक पद्धतिका अनेक रुप हुन सक्दछन् तर जुनसुकै नामका प्रणाली भएता पनि प्रजातन्त्रको पहिलो सर्त जनताप्रति उत्तरदायी नेतृत्व हुनुपर्दछ भन्ने मलाई लाग्दछ,’ ज्ञानेन्द्रको शुभकामनामा भनिएको छ, ‘राष्ट्र सर्वोपरी हुन्छ भने शासन परिवर्तनीय हुन सक्दछ । त्यसैले हामीले आफ्नै आस्था र विश्वासको राजनीतिक जगलाई अंगाल्नु पर्दछ ।’

उनले नेपालका आफ्नै दर्शन र गौरव भएकाले तिनलाई जोगाउनुपर्नेमा समेत जोड दिएका छन् । ‘हाम्रा आफ्नै दर्शन, गौरव,शान, सभ्यता, संस्कार र शक्ति छन् । तिनलाई जगाउन, बचाउन र मर्यादित बनाउनु भनेको राष्ट्रको प्रतिष्ठा अभिवृद्धि गराउनु हो ।’

पूर्वराजा ज्ञानेन्द्रले शुभकामनाको अन्तिममा प्रजातन्त्रबारे व्याख्या गर्दै सबैले आफूले आफैँलाई प्रश्न गर्नुपर्ने घडी आएको उल्लेख गरेका छन् ।

‘किसानले खेतमा, मजदुरले कार्यस्थलमा, पैदलयात्रीले सडकमा, सेवाग्राहीले प्रशासनिक निकायमा, पीडितले न्यायालयमा, उपभोक्ताले बजारमा, उद्यमी, व्यवसायीले आफ्नो कर्मक्षेत्रमा, स्वास्थ्यकर्मी, शिक्षक, कानुन व्यवसायी एवम् पत्रकारले आफ्नो पेशा व्यवसायमा, सुरक्षाकर्मीले आफ्नो कर्तव्य निर्वाह गर्ने क्रममा, विद्यार्थीले विद्यालयमा, य्ुवाले राष्ट्र निर्माणमा र नारीले पाइला पाइलामा सुखानुभुति गर्नु नै प्रजातन्त्र हो भने हामीले भोगिरहेको वर्तमानले यस्तो अवस्था प्रदान गरेको छ कि छैन आफूले आफैँलाई प्रश्न गर्नु पर्ने घडी आएको छ,’ शुभकामना सन्देशमा भनिएको छ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter