धुर्मुस–सुन्तली सद्भावना दूत

Dhurmus Suntaliकाठमाडौँ, १० फागुन । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले हास्य कलाकार सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली)लाई एकीकृत वस्ती विकासको काममा जागरण एवम् प्रोत्साहित गर्ने लक्ष्यसहित सद्भावना दूत बनाउने भएको छ ।

प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत प्रा डा गोविन्दराज पोखरेलको अध्यक्षतामा आज बसेको कार्यकारी समितिको बैठकले एकीकृत बस्ती निर्माण एवम् विकाससम्बन्धी कार्यका लागि कलाकारद्वयलाई सद्भावनादूत बनाउने निर्णय गरेको हो । भूकम्पपछिको पुनःनिर्माणमा कलाकारद्वयले गरेको प्रयास सराहनीय र अनुकरणीय रहेको भन्दै प्राधिकरणले सो निर्णय गरेको विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

सिन्धुपाल्चोक मेलम्ची नगरपालिका–८ गिरानचौरमा कलाकारद्वयले भूकम्पपछिको पुनःनिर्माणका क्रममा एकीकृत बस्ती निर्माण सम्पन्न गरेका छन् भने हाल महोत्तरीमा पनि सामूहिक बस्ती निर्माण गरिरहेका छन् । स्वपहलमा स्वदेश तथा विदेशबाट सहयोग जुटाएर निर्माण गरिएको सामूहिक बस्ती अनुकरणीय रहेको छ ।

बैठकले भूकम्पले क्षतिग्रस्त सिंहदरबारको पश्चिमतर्फको भागलाई संरक्षण र प्रबलीकरणबारे जिम्मेवारीसमेत तोकेको जनाएको छ ।

कार्यकारी समिति सदस्य हरिराम पराजुलीको संयोजकत्वमा गठित कार्यान्वयन उपसमितिलाई सोही ढाँचामा सिंहदरबार परिसरमा रहेको ग्यालरी बैठकको पुनःनिर्माणको कार्य गर्ने जिम्मेवारी तोकेको छ ।

भूकम्पबाट प्रभावित व्यक्तिमध्ये अपाङ्गता, ज्येष्ठ नागरिक, बालबालिका र विपन्न परिवारलाई दिइने थप सहुलियतलाई निर्धारण गरिएको विधिअनुसार अगाडि बढाउने निर्णय गरेको छ ।

यसैगरी बैठकले पुस मसान्तसम्म पहिलो किस्ता लिइसकेका भूकम्प पीडितले चैत १५ गतेभित्र दोस्रो किस्ताका लागि आवेदन दिनका लागि पनि आग्रह गर्ने निर्णय गरिएको प्रमुख कार्यकारी अधिकृत प्रा डा पोखरेलले बताउनुभयो । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter