शान्ति बाल उद्यान निर्माण

Peace Gardenधनगढी, १३ फागुन । धनगढी उपमहानगरको हसनपुरमा करिब तीन दशक अघि निर्माण भई प्रयोगबिहीन र जीर्ण अवस्थामा रहेको बाल उद्यानलाई ‘शान्ति बाल उद्यान‘का रुपमा विकास गरिएको छ ।

यस क्रममा उद्यानभित्र शान्ति स्मारिकाको रुपमा ‘वाटर फाउन्टेन‘ (पानीको फोहरा) निर्माण गरिएको छ । उक्त स्मारिका शान्तिको प्रतिक परेवालाई एक महिलाले समातेको प्रतिमाको स्वरुपमा निर्माण गरिएको छ ।

ब्रह्मकुमारी ईश्वरीय विश्व विद्यालय धनगढी शाखाको पहलमा तयार पारिएको गुरुयोजना बमोजिम सो उद्यानको मर्मत सुधार एवम् संरक्षण गरी शान्ति बाल उद्यानको रुपमा बिकास गरिएको हो ।

उपमहानगपालिका कार्यालयले उद्यानको संरक्षण र विकासका लागि यसअघि निजी क्षेत्रलाई प्रस्ताव गरेको भए पनि कसैले चासो नदेखाएपछि ब्रह्मकुमारी ईश्वरीय विश्व विद्यालयले पेस गरेको गुरुयोजना बमोजिम उक्त संस्थालाई कार्यालयले उद्यानको संरक्षण र विकास गर्ने जिम्मा दिएको हो ।

उद्यान परिसरमा मानिसको चरित्र निर्माणका लागि आवश्यकपर्ने ध्यान कक्ष निर्माण पूरा भइसकेकोमा, सभा भवनलगायतका अन्य संरचना निर्माणधीन अवस्थामा रहेका छन् । संस्थाले तयार पारेको गुरुयोजनामा उद्यानभित्र बालबालिकाका लागि खेलकुदसम्बन्धी विभिन्न संरचना, बाल पुस्तकालय, फूलको बगैंँचा स्थापनालगायतका संरचना निर्माणको क्रममा रहेका छन् ।

उद्यानमा बास्तु विज्ञानले निर्दिष्ट गरे बमोजिमका संरचना निर्माण भइरहेको ब्रह्मकुमारी ईश्वरीय विश्व विद्यालय धनगढी शाखाका प्रमुख सञ्चालिका हीरा दिदीले भन्नुभयो । उद्यान सञ्चालनमा आएपछि बालबालिकामा राम्रो संस्कारको विकास भई असल नागरिक बन्ने र अरु आत्मालाई पनि शान्तिको अनुभूति प्राप्त भई चरित्र निर्माणमा टेवा पुग्ने विश्वास गरिएको छ ।

महाशिवरात्रिका अवसरमा आज आयोजित समारोहमा सांसद पुष्करनाथ ओझाले शान्ति बाल उद्यानको उद्घाटन गर्नुभयो । उद्यानको विकास र संरक्षण सम्बन्धी कार्यमा सांसद ओझा उपमहानगरपालिका कार्यालय, रुडुकलगायतका संस्थाले सहयोग गरेका छन् । विसं २०४२ मा निर्माण गरिएको करिब चार कठ्ठा क्षेत्रफलमा फैलिएको उक्त उद्यान आवश्यक संरक्षण र विकासको अभावमा प्रयोगविहीन र जीर्ण भई बेवारिसे जस्तै बनेको थियो । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter