उद्योग मन्त्रालय र एनआरएनए जापानबीच सम्झौता

nrnकाठमाडौँ, १३ फागुन । जापानलगायतका मुलुकमा नेपाली उत्पादनको प्रवद्र्धनका गर्न उद्योग मन्त्रालय र गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)बीच सम्झौता भएको छ ।

जापान भ्रमणमा रहनुभएका उद्योगमन्त्री नवीन्द्रराज जोशी र एनआरएनए जापानका अध्यक्ष सुदन थापाबीच नेपाली उत्पादनलाई प्रवद्र्धन र प्रचारप्रसारमा विशेष भूमिका निर्वाह गर्न लिखित सम्झौता भएको उद्योग मन्त्रालयले जनाएको छ ।

सम्झौतापछि मन्त्री जोशीले प्रवासमा रहेका नेपालीले विदेशी सामग्रीको तुलनामा नेपाली सामग्री प्रयोगमा ल्याउन सकेमा नेपाली उद्योगको विकास तथा रोजगारीको अवसर बढ्ने बताउनुभएको उहाँका प्रेस सल्लाहकार प्रदीप चापागार्इंले जानकारी दिनुभयो ।

सम्झौतापछि एनआरएनएले विश्वभरि नेपाली उत्पादनको बजार विस्तार र उपयोगमा ल्याउन पहल गर्ने जनाएको छ ।

कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि सिवाकोटी, जापानका लागि नेपाली कार्यबाहक राजदूत कृष्णचन्द्र अर्याल, एनआरएनएका उपाध्यक्ष भवन भट्ट र एनआरएनए एसिया प्यासिफिकका संयोजक किरणविक्रम थापासमेतको सहभागिता थियो ।

त्यस्तै उद्योगमन्त्री जोशी र जापानको सत्तारूढ दल लिभर डेमोक्रेटिक पार्टीका महासचिव निकाई तोसिहिरोबीच टोकियोमा भेटवार्ता भएको छ ।

भेटमा उहाँहरुबीच नेपालको औद्योगिक विकासमा जापानी सहयोग परिचालनका बारेमा छलफल भएको थियो ।

जापानी नेताहरुले नेपालमा भूकम्पपछिको पुनःनिर्माणमा थप सहयोग गर्ने प्रतिबद्घतासमेत व्यक्त गरेका थिए । जापान सरकारको निमन्त्रणामा साताव्यापी भ्रमणका क्रममा जापानमा रहनुभएका उद्योगमन्त्री जोशी शनिबार राति स्वदेश फर्कनुहुनेछ । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter