भूकम्पपीडितको लगत सङ्कलन कार्य तीव्र

Nepal Reconstruction Authorityचितवन, १४ फागुन । चितवनमा करिब डेढ महिनाको अवधिमा आठ हजार ५०० भूकम्पपीडितको लगत सङ्कलन भएको छ ।

भूकम्प प्रभावित क्षेत्रको पुनःनिर्माणका लागि सुरु भएको पुनः लगत सङ्कलनका क्रममा आजसम्म जिल्लामा करिब आधा काम सकिएको जिल्ला लगत सङ्कलन तथा व्यवस्थापन कार्यालय चितवनका संयोजक जीवनाथ आचार्यले जानकारी दिनुभयो ।

‘डेढ महिनाको अवधिमा हामीले करिब आठ हजार ५०० को लगत सङ्कलन गरेका छौँं, आचार्यले भन्नुभयो पहाडी गाविसमा करिब करिब सकिएको छ, अब नगरक्षेत्रमा सङ्कलनलाई तीव्रता दिएका छौं ।’ त्यसमध्ये साँढे सात हजारको नामावली भने प्रधानमन्त्री कार्यालयमा पठाइसकिएको उहाँले जानकारी दिनुभयो । चितवनको पहाडी– ८ गाविस र भरतपुर उपमहानगर तथा अन्य सात नगरपालिकामा लगत सङ्कलन भइरहेको छ । माघको पहिलो साताबाट यहाँ पीडितको नामावली सङ्कलन थालिएको थियो ।

फोटोसहितको विवरण सङ्कलन गर्न इन्जिनियर र सामाजिक परिचालकको टोली गाउँगाउँमा छन् । चितवनमा सबैभन्दा बढी भूकम्प प्रभावित क्षेत्र दारेचोक, काउले, चण्डिभञ्याङ र लोथर हो । टोलीले कम्युटरमा नै फर्म भर्ने, घरको र मानिसको समेत फोटो लिने र घरको अवस्थाको मूल्याङ्कन गरेर नामावली सङ्कलन गरिरहेको छ ।

इन्टरनेटको डिभाइससमेत उपलव्ध गराइएकाले हरेक दिनको प्रगति सिधैँ सिंहदरवार पठाउने व्यवस्था मिलाइएको आचार्यले जानकारी दिनुभयो । विवाद आए पनि सल्ट्याउन सहज हुने भएकाले प्रत्येक घरको फोटोसहितको विवरण सङ्कलन गरिएको जिल्ला विपद् व्यवस्थापन समिति चितवनका सूचना अधिकारी बलराम लुइँटेलले बताउनुभयो ।

चितवन जिल्लामा १८ हजार ७५२ परिवारले भूकम्पपीडित भनेर राहतका लागि निवेदन दर्ता गराएका छन् । पहिलो चरणमा सरकारबाट रु १५ हजार पाएका र दोस्रोचरणमा न्यानो कपडाका लागि रु १० हजार पाएकाको प्रमाण एवम् रातो कार्डको आधारमा नामावली सङ्कलन हुन्छ । अझै एक महिना सङ्कलन गर्न लाग्ने र चैतमा अन्तिम नामावली प्रकाशित गरिने जनाइएको छ । त्यसपछि सरकारले रु तीन लाखको राहत प्याकेज दिने छ । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter