ग्रामीण क्षेत्रका बालबालिकामा शिक्षाको पहुँच बढाउन राष्ट्रपतिको जोड

President Convocationकाठमाडौँ, १४ फागुन । राष्ट्रपति विद्यादेवी भण्डारीले मङ्गलोदय माध्यामिक विद्यालयको स्वर्ण जयन्तीका अवसरमा विद्यालयद्वारा आज आयोजित विशेष समारोहमा स्वर्णसरस्वती स्तम्भ तथा नवनिर्मित भवनको उद्घाटन गर्नुभयो ।

काठमाडौँको प्रमुख प्रवेशद्वार हाल चन्द्रगिरी नगरपालिका– ५ थानकोटमा रहेको सो विद्यालयले विसं २०२३ देखि मावि तहको अध्ययन अध्यापनको सुरुवात् गरेको थियो । गतवर्षको विनाशकारी भूकम्पले विद्यालयको भवनमा क्षति पु¥याएपछि करिब रु तीन करोडको लागतमा भवन निर्माण गरिएको हो ।

विसं २०२४ देखि प्रवेशिका परीक्षामा सहभागी हुँदै आएको सो विद्यालयबाट विसं २०७२ सम्म दुई हजार ८०० छात्रछात्राले सो परीक्षा उत्तीर्ण गरिसकेका छन् । शिक्षा मन्त्रालयले सो विद्यालयलाई सामुदायिक विद्यालयबाट शतप्रतिशत प्रवेशिका परीक्षामा उत्तीर्ण गराएबापत प्रदान गर्ने नगद तथा प्रमाणपत्र विसं २०६० देखि निरन्तर रुपमा प्रदान गरिरहेको छ ।

करिब ११ रोपनी जग्गामा रहेको विद्यालयको सातवटा भवन आफ्नै रहेको छ । साथै आफ्नो १६ रोपनी जमिनमा स्याउ र नासपातिका बिरुवा रोपी आम्दानीको स्रोत बढाउन सुरुवात् गरेको छ ।

संस्थागत विद्यालय भन्दा सामुदायिक विद्यालय कमजोर छैनन् भन्ने गतिलो उदाहरण बनेको सो विद्यालयमा हाल एकहजार दुईसय छात्रछात्राले अध्ययन अध्यापन गरिरहेका छन् ।

राष्ट्रपति भण्डारीले समारोहलाई सम्बोधन गर्दै सहरी र ग्रामीण क्षेत्रमा विद्यमान शैक्षिक गुणस्तर र पहुँचका खाडललाई अन्त्य गर्नु पर्ने आवश्यकता औँल्याउनु भयो ।

उहाँले दुर्गम क्षेत्रका बालबालिकाको अझै पनि शिक्षा लिनबाट वञ्चित एवम् बीचबाट अध्यययन छाड्नुपर्ने बाध्यता रहेको तर्फ सरकारले ध्यान दिन आग्रह गर्दै अभिभावक, शिक्षक, विद्यालयको समन्वयबाट मात्र शैक्षिक उन्नयन हुने धारणा राख्नुभयो ।

राष्ट्रपति भण्डारीले विद्यालय तहमा आधुनिक सूचना प्रविधि सम्बन्धी शिक्षा विस्तार गर्नुपर्ने खाँचो औल्याउँदै उत्पादित जनशक्तिलाई स्वदेशमा नै रोजगारीका अवसर सिर्जना गरिनुुपर्छ भन्नुभयो ।

सो अवसरमा राष्ट्र«पति भण्डारीले विद्यालयका संस्थापक, प्रधानाध्यापक,संस्थापक शिक्षक, पहिलो समूहमा तथा विसं २०७० को सामुदायिक विद्यालयका तर्फबाट प्रवेशिका परीक्षामा उत्तीर्ण छात्रछात्रा, भवन निर्माणमा आर्थिक सहयोग गर्ने विभिन्न व्यक्तिलाई सम्मान गर्नुभएको थियो ।

यसरी सम्मानित हुने विद्यालयका संस्थापकमा नर्सिङ्ग श्रेष्ठ, मोहनमान श्रेष्ठ, चक्रबहादुर महर्जन, शङ्खलाल महर्जन, काजीलाल महर्जन, प्रेमबहादुर बस्नेत, रामबहादुर गिरी, केशवप्रसाद शर्मा, तीर्थराज सिग्देल, संस्थापक शिक्षकमा मोहनमान श्रेष्ठ, मञ्जु गिरी र श्यामबहादुर श्रेष्ठ हुनुहुन्छ ।

कार्यक्रममा शिक्षामन्त्री धनिराम पौडेलले विद्यालयमा शिक्षक आवास भवन तथा प्राविधिक शिक्षालय बनाउन थप आर्थिक सहयोग गर्ने जानकारी दिँदै शैक्षिक उन्ननयका लागि विद्यालयको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो ।

सांसद राजेन्द्र केसीले सामुदायिक विद्यालयका शिक्षालाई उत्पादन र रोजगारीसँग जोड्न आवश्यक भएको बताउँदै अबको शिक्षाको गुणस्तरमा ध्यान दिनुपर्छ भन्नुभयो ’।

सो अवसरमा विद्यालयबाट प्रकाशित स्वर्ण स्मारिका सार्वजानिक गरिनुका साथै विद्यालयका छात्रछात्राले गीत÷सङ्गीत प्रतिभा प्रस्तुत गरेका थिए । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter