पशुपतिबाट साधुसन्तलाई बिदाइ

Shivaratriकाठमाडौँ, १५ फागुन । महाशिवरात्रि पर्वमा पशुपतिनाथ मन्दिरमा आएका साधुसन्तलाई बिदाइ गरिएको छ ।

गुठी संस्थान र पशुपति क्षेत्र विकास कोषले आज मन्दिर परिसरमा आयोजना गरेको कार्यक्रममा संस्थानका तर्फबाट पशुपतिनाथ मन्दिर परिसर, राम मन्दिर, मृगस्थली गोरखनाथ, भष्मेश्वर र निर्मल अखडालगायतका क्षेत्रमा बसेका साधुसन्तलाई बिदाइ गरिएको हो ।

फागुन ११ गते बुधबार एकादशीका दिन संस्थानका तर्फबाट राडी, च्यादर, बख्खु, कमन्डलु, शङ्ख, घन्ट, पीताम्बरी, लोटा, सिदालगायत सामान साधुसन्तलाई वितरण गर्न राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपति निवासमा सङ्कल्प गर्नुभएको थियो । सङ्कल्प गरिएका सामान पनि आज वितरण गरिएको छ ।

संस्थानले फागुन ११ गतेदेखि आजसम्म साधुसन्त, महात्मा, सन्यासीलाई धुनी बाल्न ३८ हजार किलो दाउरा व्यवस्था गरेको थियो । स्वदेश तथा विदेशबाट आएका साधुसन्त, महात्मालाई महाशिवरात्रिका अवसरमा संस्थानले आजसम्म निःशुल्क भोजनको व्यवस्था गरेको थियो ।

संस्थान र कोषले पशुपति परिसरमा नागा साधुलाई, आर्यघाट पारि राम मन्दिरमा वैष्णव साधुलाई, गोरखनाथ मठ मृगस्थलीमा नाथ सम्प्रदायका साधुलाई, भष्मेश्वर अखडामा उदासी सम्प्रदायका साधुलाई र राजराजेश्वरी निर्मल अखडामा पनि उदासी सम्प्रदायका साधुलाई निःशुल्क भोजनको व्यवस्था गरिएको थियो ।

कालमोचनघाटको बैरागी अखडा, उदासी अखडा, सन्यासी अखडा र गोरखनाथ अखडामा पनि साधुलाई निःशुल्क भोजनको व्यवस्था थियो । पशुपति मन्दिर परिसरभित्र नागाको बिदाइ गर्दा दक्षिणासहित २०० ग्रामको पेडा वितरण गरियो । अन्य साधुलाई दक्षिणा सङ्कल्प गरिएको सामान दिएर बिदाइ गरिएको संस्थानका उपप्रशासक दीपकबहादुर पाण्डेले जानकारी दिनुभयो ।

संस्थानले रु १३ लाख दक्षिणास्वरुप साधुसन्तलाई वितरण गरेको थियो भने कोषले त्यसको ५० प्रतिशत थपेर वितरण ग¥यो । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter