नेपालमा गैससको छविमा सामान्य सुधार; घिसिङ सम्मानित

GOGO Foundationकाठमाडौँ, १५ फागुन । गैरसरकारी संस्थाको दिगोपन सूचक मापन प्रतिवेदनले नेपालको नागरिक समाज संस्थाको सार्वजनिक छविमा सामान्य सुधार देखाएको छ ।

गत वर्षको भूकम्पपछिको राहत र पुनःस्थापना कार्यमा गैरसरकारी संस्थाले गरेको सामाजिक सेवाका कारण अघिल्लो वर्षको तुलनामा ती संस्थाको छवि सुधार देखिएको हो । तर समग्रमा अनय मुलुकको तुलनामा नेपाल पछाडि नै देखिन्छ ।

गोगो फाउण्डेसनबाट सन् २०१५ मा गरिएको सो सूचक मापन अध्ययनमा यहाँका संस्थाको आर्थिक अवस्था, सेवा प्रवाह र सार्वजनिक छविमा शून्य दशमलव १ प्रतिशतका दरले सुधार आएको हो ।

दक्षिण तथा दक्षिण पूर्वी एसियाका सात देशमध्ये यी संस्थाको समग्र अवस्था पाँचौँ स्थानमा छ । नागरिक संस्थाको उत्कृष्ट छविमा एक अङ्क ल्याएर फिलिपिन्स अग्रणी देखिएको छ । त्यसपछि दोस्रोमा बङ्गलादेश, इन्डोनेसिया र कम्बोडिया पछि नेपाल छन् ।

मुख्यसचिव डा सोमलाल सुवेदीले आज यहाँ सार्वजनिक गर्नुभएको सो प्रतिवेदनले संस्थाको दिगोपन, दिगोपनउन्मुख, दिगोपन अवरुद्धका आधारमा सेवाको अवस्था, पूर्वाधार र सार्वजनिक छविमा मापन गरेको थियो ।

मुख्यसचिव डा सुवेदीले गैरसरकारी संस्थाले सरकारी नियमको पालना र घोषित सेवा प्रवाहमा देखाएको जवाफदेहिताबारे अध्ययन हुनुपर्ने भन्दै सरकारलाई यी संस्थाले परिपूरक गर्नुपर्ने बताउनुभयो ।

घिसिङ सम्मानित

कार्यक्रममा फाउण्डेसनले छोटो समयमा प्रभावकारी रुपमा विद्युत्भार कटौती गराउने नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई सम्मानित गरियो ।

रु ११ हजार राशिसहितको सो सम्मान चयनका लागि पूर्व मुख्यसचिव दामोदर गौतमको संयोजकत्वमा प्रशासनिक अदालतका अध्यक्ष काशीराज दाहाल, पूर्वसचिव जीवनप्रभा लामा र फाउण्डेसनका अध्यक्ष केदार खड्का रहेको समिति गठन गरिएको थियो ।

गत वर्ष सो सम्मान वरिष्ठ चिकित्सक डा भगवान् कोइरालालाई प्रदान गरिएको थियो । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter