अन्तर्राष्ट्रिय काव्य महोत्सवमा नेपाली कवि

Tulasi Diwasकाठमाडौँ, १६ फागुन । निकारागुवामा भएको ‘तेह्राँै ग्रालाडा अन्तर्राष्ट्रिय काव्य महोत्सव’मा नेपालका वरिष्ठ कवि तुलसी दिवसले भाग लिई कविता वाचन र सांस्कृतिक सम्पदाबारे विचार प्रस्तुत गर्नुभएको छ ।

विश्वका छ महादेशका करिब १७० मुलुकका विशिष्ठ कविहरुको सहभागिता रहेको सो सम्मेलनमा निरन्तर कविता वाचन (म्याराथुन पोइट्री रिडिङ), सडक, विभिन्न शिक्षालयका कविता वाचन, विचार विमर्श, पुस्तक, लोक शिल्पकला र सांस्कृतिक प्रदर्शनीसमेत गरिएको थियो । दिवसका कवितालाई स्पेनी, अङ्ग्रेजी र अन्य भाषामा अनुवाद गरी सुनाइएको थियो ।

यही फागुनको पहिलो साता भएको महोत्सवमा नेपालबाट सहभागी एकमात्र कवि दिवसले स्वदेश फर्केपछि कुरा गर्दै ग्रानाडालाई विश्व कविताको राजधानी बनाउन आफूले गरेको प्रस्ताव सम्मेलनको घोषणापत्रमा समावेश भएको जनाउँदै मानव अधिकार तथा मानव कल्याणका एवम् दिगोपनाका लागि सम्मेलन केन्द्रित भएको बताउनुभयो ।

संसारबाट घृणा, अहिंसा र भेद्भावको अन्त्यका लागि काव्यिक प्रस्तुति गरिएको र पुनःनिर्माणका लैङ्गिक, युवा शिक्षा, दिगो विकास, अभिव्यक्ति स्वतन्त्रताका लागि मन्थन भएको दिवसले बताउनुभयो ।

“कविता अभिव्यक्तिको माथिल्लो कलाको भाषिक स्वरुप हो” विश्वका धेरै मुलुकका यस्ता सम्मेलनका अनुभव हासिल गर्नुभएका कवि दिवसले भन्नुभयो – “नेपालमा पनि कवितालाई केवल मनोरञ्जन र आत्मसन्तुष्टिको विषय नबनाई दिगो विकासका लागि मानसिक र वैचारिक परिवर्तनको माध्यम बनाउनुपर्छ ।” रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter