पाल्पा दरबार पुनःनिर्माण सम्पन्न; विद्यालयलाई सरस्वतीको मूर्ति

palpa-darbarपाल्पा, १७ फागुन । १० वर्षे द्वन्द्वकालीन समयमा ध्वस्त भएको पाल्पा तानसेनको ऐतिहासिक दरबार पुनःनिर्माण हालै सम्पन्न भएको छ ।

विसं १९८४ मा प्रताप शमशेरले निर्माण गरेको दरबार २०६२ माघ १८ गते तत्कालीन विद्रोही माओवादीको आक्रमणमा ध्वस्त भएको थियो ।

तीन रोपनी दुई आना क्षेत्रफलमा बनेको तीनतले दरबारमा ४५ कोठा रहेका छन् । २०६२ साल माघ ३ गते यस दरबारलाई सरकारले पाल्पा सङ्ग्रहालयको रुपमा परिणत गरेको छ, तर राम्ररी सन्चालनमा आउन भने सकेको छैन ।

शान्ति तथा पुनःनिर्माण मन्त्रालयको सहयोगमा रु छ करोड ३१ लाखको लागतमा दरबार पुनःनिर्माण सम्पन्न भएको हो ।

विद्यालयलाई सरस्वतीको मूर्ति

यसैबीच, राधा दामोदर मावि साँखरका लागि सरस्वतीको मूर्ति सहयोग प्राप्त भएको छ ।

साँखरका स्थानीय बासिन्दा एवम् विद्यालयका संस्थापक प्रधानाध्यापक वसन्त बस्ताकोटीले रु चार लाख बराबरको सरस्वतीको मूर्ति सहयोग गर्नुभएको हो । “विद्याको मन्दिर मानिने विद्यालयमा अध्ययनरत विद्यार्थीलाई धार्मिक तथा सांस्कृतिक संस्कार सिकुन् भन्ने उद्देश्यले मूर्ति सहयोग गरेको हुँ”, मूर्ति सहयोगदाता बस्ताकोटीले भन्नुभयो ।

सो मूर्तिको सोमबार शिक्षा मन्त्रालयका सचिव शान्त बहादुर श्रेष्ठले उद्घाटन गर्दै शैक्षिक गुणस्तर वृद्धिका निम्ति परम्परागत शिक्षणको सट्टा समयसापेक्ष आधुनिक शिक्षामा जोड दिन शिक्षक, अभिभावकलाई अनुरोध गर्नुभयो । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter