उपप्रधानमन्त्री निधि र भारतीय विदशेमन्त्री स्वराजबीच भेटघाट

Bimalendra Nidhiकाठमाडौँ, ३ चैत । भारत भ्रमणमा रहनुभएका उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधि र भारतीय विदेशमन्त्री सुष्मा स्वराजबीच आज भेटवार्ता भएको छ ।

स्वास्थ्य समस्याका कारण केही समय आराम गर्नुभएकी विदेशमन्त्री स्वराजले गृहमन्त्री निधिसँग गरेको यो नै पहिलो उच्चस्तरीय भेटघाट हो । दुई देशका प्रतिनिधिहरुको भेटघाटअघि गृहमन्त्री निधि र भारतीय विदेशमन्त्री स्वराजबीच करिब १५ मिनेट छुट्टै भेटघाट भएको थियो ।

विदेश मन्त्रालयमा भएको भेटमा गृहमन्त्री निधिले केही दिनअघि कञ्चनपुरमा भारतीय सीमा सुरक्षा बलले चलाएको गोली लागेर एकजना नेपालीको मृृत्यु भएको घटनाबारे विदेशमन्त्री स्वराजको ध्यानाकर्षण गराउनुभएको थियो ।

सो अवसरमा भारतीय विदेशमन्त्री स्वराजले कञ्चनपुर घटना अपसोचपूर्ण घटना घटेको बताउँदै निर्दोष व्यक्तिको मृत्यु भएकोमा दुःख व्यक्त गर्नुभयो । त्यसपछि गृहमन्त्री निधिले घटनाको अनुसन्धान गरी दोषीमाथि कारबाही गर्नुपर्नेमा जोड दिनुभएको उपप्रधानमन्त्री निधिका प्रेस विज्ञ रामजी दाहालले जानकारी दिनुभयो ।

जबाफमा विदेशमन्त्री स्वराजले अनुसन्धानमा नेपाल सरकारको पनि सहयोग हुनुपर्ने भन्दै दोषीमाथि कारबाही गर्ने प्रतिबद्धता जनाउनुभएको प्रेस विज्ञ दाहालले बताउनुभयो ।

भेटमा गृहमन्त्री निधिले नेपाल भारत सीमा विवादका सम्बन्धमा विगत तीन वर्षदेखि काम गर्दै आएको तीनवटा संयुक्त प्राविधिक टिममा दुईवटा टिम थपेर सीमा स्तम्भलगायतका प्राविधिक कामलाई थप गति दिने प्रस्ताव गर्नुभएको थियो । उक्त प्रस्तावमा भारतीय विदेशमन्त्री स्वराजले प्राबिधिक टिम थप्ने बिषयमा भारतीय पक्ष सकारात्मक भएको बताउनुभयो ।

भारतीय सहयोगमा बन्ने हुलाकी राजमार्ग, महाकाली पुल लगायतका विकास निर्माणसम्बन्धी काम समयमै सम्पन्न गराउनका लागि पनि गृहमन्त्री निधिले विदेशमन्त्री स्वराजको ध्यानाकर्षण गराउनुभयो ।

उहाँले आगामी निर्बाचनका लागि गृहमन्त्रालय र निर्वाचन आयोगलाई विगतमा जस्तै यस वर्षपनि आवश्यक सामग्री सहयोग गर्न भारतीय पक्षसँग आग्रह गर्नुभयो । जवाफमा भारतीय विदेशमन्त्री स्वराजले निर्वाचनका लागि आवश्यक सामग्री सहयोग गर्न भारत सरकार सकारात्मक रहेको बताउनुभयो ।

भेटका अवसरमा भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्याय पनि सहभागी हुनुहुन्यो ।

प्रतिआतङ्कवादसम्बन्धी तेस्रो अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन तीन दिनअघि नयाँदिल्ली जानुभएका मन्त्री निधि शुक्रबार स्वदेश फर्कदै हुनुहुन्छ । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter