आर्थिक गतिविधिमा सुधार : राष्ट्र बैंक

Nepal Rastra Bankकाठमाडौँ, ३ चैत । चालु आर्थिक वर्ष २०७३÷७४ को पहिलो सात महिनामा कृषि, उद्योग तथा सेवा क्षेत्रमा सुधार भई मुलुकको समग्र आर्थिक गतिविधिमा सुधार आएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

बैंकले आज जारी गरेको “मुलुकको वर्तमान आर्थिक अवस्था तथा वित्तीय स्थितिको समीक्षा प्रतिवेदन” मा उक्त अवधिमा फलफूल तथा तरकारीको उत्पादन वृद्धि हुने देखिएकाले समग्र उत्पादनमा थप सकारात्मक देखिएको जनाएको छ ।

ऊर्जा आपूर्तिमा सुधार आएकाले औद्योगिक उत्पादनमा वृद्धि, उद्योगको क्षमता र वैदेशिक लगानीमा सुधार आएको छ, राष्ट्र बैंकको प्रतिवेदनमा भनिएको छ– पर्वतारोहण तथा पदयात्राको मौसम सुरु हुन लाग्दा पर्यटनको आगमन सङ्ख्यामा वृद्धि हुने र समीक्षा अवधिमा होटलको औसतमा ४५ प्रतिशत बुक भएको छ ।

उद्योग विभागले माघ मसान्तसम्म उपलब्ध गराएको तथ्याङ्कअनुसार गत वर्षको तुलनामा २४ दशमलव ३ प्रतिशतले वृद्धि भई कुल रु आठ अर्ब ४१ करोडको संयुक्त वैदेशिक लगानी प्रतिबद्धता भएका एक सय ९९ परियोजनालाई स्वीकृति प्रदान गरिएको छ । यसबाट पाँच हजार ७८५ जनाका लागि रोजगारी सिर्जना भएको राष्ट्र बैंकले जनाइएको छ ।

त्यसैगरी बैंक तथा वित्तीय संस्थाको निजी क्षेत्रतर्फ लगानीमा रहेको कर्जा १५ दशमलव एक प्रतिशतले बढेको र वार्षिक बिन्दुगत आधारमा २०७३ माघमा यस्तो कर्जा ३२ दशमलव ९ प्रतिशतले बढेको छ । त्यस्तै वार्षिक बिन्दुगत मुद्रास्फीति दर ११ दशमलव ३ प्रतिशतबाट तीन दशमलव तीन प्रतिशत कायम भएको तथा कच्चा तेलको मूल्यवृद्धिका कारण भारतीय मुद्रास्फीतिमा पर्न थालेको चापको प्रभाव आउँदा महिनामा नेपालमा पनि पर्नसक्ने राष्ट्र बैंकले जारी गरिएको प्रतिवेदनमा उल्लेख छ ।

यसैगरी समीक्षा अवधिमा सरकारी वित्तीय स्थितिमा सुधार आएको, राजस्व परिचालन वृद्धिको तुलनामा सरकारी खर्चको वृद्धिदर न्यून भएकाले माघ मसान्तसम्ममा राज्यको ढुकुटीमा रु दुई खर्ब एक अर्ब ६१ करोड नगद मौज्दात रहेको छ ।

विदेशी विनिमय सञ्चिति सुविधाजनक अवस्थामा रहेको छ । यस अवधिमा कुल विदेशी विनिमय सञ्चिति रु १० खर्ब ७७ अर्ब ४७ करोड पुगेको र यसले १२ महिनाको वस्तु तथा सेवा आयात धान्नसक्ने राष्ट्र बैंकले जनाएको छ । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter