सम्पदाको थप क्षति हुन नदिइने

Nepal Reconstruction Authorityकाठमाडौँ, ४ चैत । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले भूकम्पबाट क्षति भएका पुरातात्विक महत्वका ऐतिहासिक सम्पदा र पुराना दरबारको पुनःनिर्माण, पुनःस्थापना नहँुदासम्मका लागि थप क्षति हुन नदिने व्यवस्था मिलाउन सम्बन्धित निकायलाई आग्रह गर्ने भएको छ ।

प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत डा गोविन्दराज पोखरेलको संयोजकत्वमा यहाँ आज बसेको कार्यकारी समितिको बैठकले उक्त आग्रह गर्ने भएको हो ।

पुरातात्विक महत्वका सम्पदा र पुराना दरबारलाई तत्काल हावा, पानीलगायत बाह्य तत्वबाट जोगाई थप क्षति हुन नदिने गरी संरक्षण गर्ने व्यवस्था मिलाउन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन इकाइलाई निर्देशन दिने निर्णय भएको प्राधिकरणका सहसचिव जनार्दन गुरागाईंले जानकारी दिनुभयो ।

सरकारी कार्यालय रहेका पुराना परम्परागत शैलीका दरबारको हकमा भने पुनःनिर्माण र पुनःस्थापना नभएसम्मका लागि संरक्षण गर्ने जिम्मा सहरी विकास मन्त्रालयलाई दिइएको गुरागाईंले बताउनुभयो ।

बैठकले पुनःनिनिर्माण र पुनःस्थापनासम्बन्धी गुनासो व्यवस्थापन कार्यविधि, २०७३ लाई संशोधन गर्ने निर्णय पनि गरेको छ । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter