आयोगको टोलीद्वारा नमुना मतपत्र छपाइको अवलोकन

Election Commissionकाठमाडौँ, ५ चैत । प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवसहित आयुक्तहरुको टोलीले स्थानीय तहको निर्वाचनका लागि तयार गरिएको नमुना मतपत्रको छपाइसम्बन्धी कार्यको आज जानकारी लियो ।

आयोगको टोली आज दिउँसो जनक शिक्षा सामग्री लिमिटेड पुगेर नमुना मतपत्र छपाइबारे जानकारी लिएको प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिनुभयो ।

स्थानीय तहको निर्वाचन आगामी वैशाख ३१ गते हुँदैछ । आयोगले आसन्न स्थानीय तहको निर्वाचनमा छ प्रकारका मतपत्र रहने जानकारी गराइसकेको छ ।

आगामी निर्वाचनका लागि आयोगले एक करोड ४० लाख मतदाताको नामावली सङ्कलन गरिसकेको छ । त्यसका लागि आयोगले करिब एक करोड ६० लाख थान मतपत्र छाप्नेछ ।

सो क्रममा टोलीले मतपत्र छाप्ने मेसिनको क्षमता, गुणस्तर र मतपत्र छपाइ गर्दा आउन सक्ने प्राविधिक समस्याका बारेमा विस्तृत रुपमा जानकारी हासिल गर्नुभएको थियो ।

निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनसम्बन्धी कार्ययोजना बनाएर कामको प्राथमिकीकरणका आधारमा काम गर्दै आएको छ ।

आयोगले पछिल्लो समय मतदाता शिक्षासम्बन्धी प्रशिक्षण र तालिमलाई तीव्रता दिएको छ । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter