तरकारी खेतीबाट मनग्य आम्दानी गर्दै युवा

Vegetable farmingपाल्पा, ५ चैत । वैदेशिक रोजगारीबाट फर्केका पाल्पा खानीछाप गाविसका युवाले तरकारी खेती गरेर मनग्य आम्दानी गर्न थालेका छन् ।

सिँचाइको उपयुक्त सुविधा प्राप्त नभए पनि कडा श्रम र मेहनतका साथ गरेको तरकारीखेतीबाट राम्रो आम्दानी लिन थालेपछि यहाँका युवाले यसतर्फ आकर्षित भएका हुन ।

ऋण खोजेर विदेशमा आफ्नो श्रम र पसिना पोख्न बाध्य हुने नेपाली युवाका लागि स्वदेशमै सानो लगानीबाट सुरु गरेको तरकारी खेतीबाट वार्षिक रु एक लाख भन्दा बढी आम्दानी गरेर उनीहरुले सबल उदाहरण प्रस्तुत गरेका हुन् ।

खानीछाप–५ का हीराबहादुर गाहा १२ वर्ष विदेशमा श्रम र पसिना पोखेपनि अन्त्यमा स्वदेशमै तरकारी खेतीतर्फ लाग्नुभयो । कतारबाट फर्केपछि उहाँले एक रोपनी जग्गामा तरकारीखेती सुरु गर्नुभयो । त्यसबाट वार्षिक रु. एक लाखभन्दा बढी आम्दानी गर्न सफल भएकोे गाहाले बताउनुभयो ।

विदेशमा दुःख गरी आम्दानी गर्नु भन्दा गाउँमै घरपरिवारसँग रमाउँदैं तरकारीखेती गर्न सहज भएको स्थानीय युवा बताउँछन् ।

खानीछाप– ५ का पूर्णबहादुर गाहाले पनि दुई रोपनी जग्गामा तरकारीखेती गरेका छन् । वैदेशिक रोजगारीबाट फर्केर उनले आफ्नै बारीमा काउली, बन्दा, गोलभेँडालगायतका तरकारी गरेका छन् । तरकारी उत्पादनबाट उनले सबै खर्च कटाएर वार्षिक लगभग रु. एक लाख आम्दानी गर्ने गरेको बताउनुहुन्छ । वैदेशिक रोजगारीमा गएका युवा घर फर्केर तरकारीखेती गर्न थालेसँगै गाउँमा बस्ने युवाको सङ्ख्यामा बृद्धि भएको छ ।

यहाँ उत्पादित तरकारी सदरमुकाम तानसेन, राम्दी र स्याङ्गजा जिल्लामा निकासी हँुदै आएको आदिवासी जनजाति गाउँ समन्वय समिति खानीछापाका संयोजक लक्ष्मण गाहाले बताउनुभयो ।

वैदेशिक रोजगारीबाट फर्केका युवा तरकारीखेतीबाट आम्दानी गर्दै गाउँमा बस्न थालेपछि उनीहरुले सामाजिक काममा देखाएको अग्रसरताले सामाजिक विकृति रोक्नमा समेत सहज भएको स्थानीयवासीको दावी छ । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter