चुनाव हुँदैन की भन्ने शङ्का नगरौं– उपप्रधानमन्त्री थापा; अधिकार कार्यान्वयन गर्न संविधान अपरिहार्य

kamal thapaपोखरा, १९ चैत । उपप्रधान एवम् सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्री कमल थापाले स्थानीय तहको निर्वाचन तोकिएकै मितिमा हुने भएकाले अब चुनाव हुदैँन की भन्ने आशङ्का नगर्न सबैसँग आग्रह गर्नुभएको छ ।

जिल्ला समन्वय समिति कास्कीबाट स्थानीय तह कार्यान्वयनको अवस्था, विकास निर्माणका गतिविधि र स्थानीय निर्वाचनको तयारीबारे जानकारी लिएपछि उहाँले असन्तुष्ट आन्दोलनरत दललाई चुनावमा सहभागी बनाउन विश्वासिलो वातावरण बनाउन सरकार हरसम्भव प्रयासरत रहेकाले चुनाव हुनेमा ढुक्क हुन आग्रह गर्नुभयो ।

“अब कुनै सहमति र सम्झौता भए पनि चुनाव रोकिँदैन “ उहाँले भन्नुभयो– “चुनाव सार्ने तथा स्थगित गर्न कुनै सहमति र सम्झौता हुदैँन ” ।

देश अहिले संविधान कार्यान्वयनको ऐतिहासिक क्षणमा रहेको उल्लेख गर्दै उपप्रधानमन्त्री थापाले निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सरकारले कुनै किसिमको कमी कमजोरी नगर्ने दृढता व्यक्त गर्नुभयो ।

उहाँले निर्वाचन सफल तुल्याउन सुरक्षा निकाय, स्थानीय प्रशासन र राष्ट्रसेवक कर्मचारीसँग आग्रह गर्नुभयो ।

उहाँले नयाँ संरचना लागू भए पनि स्थानीय तहमा कार्यरत कर्मचारीको सेवा, सुविधा र वृित्तविकासमा भने कुनै नकारात्मक असर नपर्ने बताउँदै स्थानीय तहमा हुने विकास निर्माणको कार्यको पुँजीगत खर्च बढाउन र बेरुजु घटाउन आग्रह गर्नुभयो । सो अवसरमा पश्चिमान्चलका क्षेत्रीय प्रशासक यमकुमारी खतिवडाले यस क्षेत्रको सुरक्षा अवस्था र जिल्ला समन्वय समितिका स्थानीय विकास अधिकारी बलराम ढकालले जिल्लाको स्थानीय तहको गतिविधिमाथि प्रकाश पार्नुभएको थियो ।

अधिकार कार्यान्वयन गर्न संविधान अपरिहार्य

नेकपा (एमाले)का उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले संविधानले दिएको अधिकार कार्यान्वयन गर्नका लागि पनि निर्वाचन अपरिहार्य रहेको बताउनुभएको छ ।

एमाले नगर समन्वय समितिले आयोजनामा भएको बुढानीलकण्ठ नगरपालिका नगर समन्वय कमिटीको कार्यालयको स्थानीय सुन्दरबस्तीमा उद्घाटन गर्दै नेत्री शाक्यले नेपाली जनताका लागि निर्वाचन अत्यन्तै आवश्यक रहेकाले तोकिएकै समयमा नै निर्वाचन हुनुपर्नेमा जोड दिनुभयो ।

संविधानले विशेष गरी महिला र दलितको अधिकारलाई पूर्ण रुपमा सुनिश्चित गरेकाले अधिकारको प्रयोग गर्नका लागि उनीहरुलाई सक्रिय रुपमा निर्वाचनमा लाग्न उहाँले आग्रह गर्नुभयो ।

कार्यक्रममा एमालेका केन्द्रीय सदस्य डा राजन भट्टराईले अब निर्वाचन कसैले पनि रोक्न सक्दैन भन्दै संविधानको रक्षा र कार्यान्वयन गर्दै मुलुकलाई आर्थिक समृद्धितिर लैजान सबै एक भएर लाग्नुपर्नेमा जोड दिनुभयो ।

निर्वाचनलाई रोक्न खोज्ने कुनै पनि तत्वलाई जनताले निर्वाचनकै माध्यमबाट अलग्याउने हुँदा विवेकअनुरुप काम गर्न डा भट्टराईले सबैलाई अनुरोध गर्नुभयो । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter