‘शान्ति अभ्यास – तेस्रो’ सम्पन्न

Shanti-Prayas-III-concludesकाभ्रेपलाञ्चोक, २१ चैत । नेपाली सेना र संयुक्तराज्य अमेरिकी सेनाको प्रशान्त कमाण्डको संयुक्त आयोजनामा काभ्रेको पाँचखालस्थित नेपाली सेनाको वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रमा सञ्चालन भएको अभ्यास ‘शान्ति प्रयास–तेस्रो’ विशेष समारोहकाबीच सम्पन्न भएको छ ।

आज आयोजित समापन समारोहमा रक्षामन्त्री बालकृष्ण खाँणले उक्त अभ्यासले शान्ति स्थापना कार्यमा संयुक्त राष्ट्र सङ्घबाट तोकिएको जिम्मेवारी सफलतापूर्वक कार्यान्वयन गर्न शान्ति सैनिकको पेसागत ज्ञान तथा मनोबलमा थप अभिवृद्धि हुने बताउनुभयो ।

उहाँले शान्ति स्थापना कार्यमा खटिने विभिन्न मुलुकका सैनिकबीच आपसी सद्भाव, सहयोग र समन्वयमा वृद्धि भई शान्ति स्थापना कार्यमा अझै निखार आउने विश्वास व्यक्त गर्नुभयो ।

मन्त्री खाँणले ५९ वर्षदेखि निरन्तर शान्ति स्थापना कार्यमा सहभागी हुँदै हालसम्म एक लाख १५ हजार ७०३ नेपाली शान्ति सैनिक विभिन्न मुलुकका ४१ वटा शान्ति मिसनमा सहभागी भइसकेको र हाल १५ वटा विभिन्न शान्ति मिसनमा चार हजार ४९३ शान्ति सैनिक शान्ति स्थापना कार्यमा कार्यरत रहेको जानकारी गराउनुभयो ।

समारोहमा ब्याण्ड डिस्प्ले, सांस्कृतिक कार्यक्रम, हेलिकप्टरबाट फ्लाइपासका साथै ब्यानर डिस्प्लेलगायत अनआर्म कम्व्याटको समेत प्रस्तुति गरिएको थियो ।

उक्त अभ्यासमा नेपालसहित जम्मा २८ राष्ट्रका एक हजार १३५ जना सैनिक सहभागी भएका थिए । अभ्यासका क्रममा स्टाफ टे«निङ इभेन्ट, फिल्ड टे«निङ इभेन्ट, क्रिटिकल इनाब्लर एन्ड क्यापासिटी इन्हेन्समेन्ट गरी तीन किसिमको तालिमका साथै विभिन्न कार्यक्रम सञ्चालन गरिएको थियो ।

अभ्यासको प्रमुख लक्ष्य शान्ति स्थापना कार्यका लागि मिसन इलाकामा तैनाथ हुनुपूर्व राष्ट्रसङ्घको बहुराष्ट्रिय वातावरणमा एकआपसमा समन्वय र सहकार्य गरी शान्ति स्थापना कार्य गर्ने क्षमतामा अभिवृद्धि गर्ने रहेको थियो ।

समापन समारोहमा प्रधानसेनापति महारथी राजेन्द्र क्षत्री, रक्षा सचिव, परराष्ट्र सचिव, पूर्वप्रधानसेनापति, बहालवाला तथा अवकासप्राप्त रथीवृन्द, नेपालस्थित विभिन्न मुलुकका सैनिक सहचारीलगायत उपस्थिति हुनुहुन्थ्यो । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter