मोहियानी जग्गा मुखियाको कब्जामा

agricultureनुवाकोट, २१ चैत । तारुकाको मोही किसानले प्रयोग गर्दैै आएका जग्गा त्यहाँका मुखिया (स्वघोषित अगुवा)ले नियन्त्रणमा लिएका छन् ।

तार्केश्वर गाउँपालिका वडा नं ३ का २३ घरघुरी किसानले उपभोग गर्दै आएका करिब एक सय रोपनी जग्गा मुखिया भनाउने गाउँका पहुँचवालाले झन्डा गाडेर आफ्नो नियन्त्रणमा लिएका छन् ।

शिवालय गुठी र किसानको संयुक्त नाममा रहेको सो जग्गाको मुख्य स्वामित्व आफूहरुको रहेको भन्दै नवीन अधिकारीसहितका व्यक्तिले जग्गा नियन्त्रणमा लिई लगाएको बाली भित्र्याउन तथा नयाँ बाली लगाउनसमेत रोक लगाएको स्थानीय सम्मरबहादुर भण्डारीले गुनासो गर्नुभयो ।

“विसं १८५४ देखि नै गुठीको नाममा रहेको जग्गा उपभोग गर्दै आएबापत २३ घरधुरीले गुठी चढाउँदै आएका छौँ ।” जग्गा नियन्त्रणमा लिएपछि सुकुम्बासी हुनुभएका भण्डारीले भन्नुभयो – “मुखियालाई बुझाउनुपर्ने बाली किन नबुझाएको भन्दै पहिलेदेखि नै दबाब दिँदै आएका थिए, अहिले खेती भित्र्याउने समयमा झन्डा गाडेर नियन्त्रणमा लिए ।”

गुठीको बाली माग गर्दै मुखियाले जग्गा नियन्त्रणमा लिएपछि किसानले अहिले आलु, गहुँ, तोरी भित्र्याउन र चैते धान, मकै रोप्नबाट वञ्चित भएका छन् ।

किसानले गुठी जग्गा उपभोग गरेबापत शिवालय गुठीलाई एक वर्षमा ४४ मुरी धान, दुई मुरी मकै, तीन मुरी कोदो, दसैँमा बोको, कपडा र चामल बुझाएर हस्तिकेश्वर कालिका बाण लिङ्गको नियमित पूजा सञ्चालन गर्दै आएको जग्गापीडित सानु श्रेष्ठले बताउनुभयो ।

मुखिया भन्नेहरुले जग्गा कब्जामा लिएपछि पीडित किसानले जिल्ला भूमि अधिकार मञ्चको सहयोगमा न्यायको अपिल गर्दै आइतबार जिल्ला प्रशासन कार्यालय नुवाकोटमा निवेदनसमेत दिएका छन् । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter