प्राविधिक नहुँदा मेसिन थन्कियो

TUकाठमाडौँ, २२ चैत । त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालयस्थित रु दुई करोड मूल्य बराबरको ‘माइक्रोफिल्म मेसिन’ प्राविधिकको अभावमा थन्किएको छ ।

पुस्तकालयका पुराना पुस्तक, हस्तलिखित ग्रन्थ, समाचारपत्रलाई रिलमार्फत खिचेर सुरक्षित राख्नका लागि जापान सरकारबाट प्राप्त माइक्रोफिल्म प्राविधिक नहुँदा थन्किएको हो ।

पुस्तकालयका सह–पुस्तकालय अध्यक्ष पूर्णलाल श्रेष्ठले माइक्रोफिल्म चलाउन जान्ने प्राविधिक नहुँदा छ वर्षदेखि त्यत्तिकै थन्किएको बताउनुभयो । मेसिन चलाउन नजान्ने भएपछि मेसिनमा प्रयोग हुने रिल, केमिकल र मसी पनि त्यत्तिकै रहेको छ । सुरुमा जापानले मेसिन चलाउन पुस्तकालयकै एकजना कर्मचारीलाई सिकाए पनि पछि मेसिनमा सानो प्राविधिक समस्या आएपछि मेसिन त्यत्तिकै थन्किएको उहाँले बताउनुभयो । “पहिले २० दिनको तालिममा एकजना कर्मचारीले मेसिन चलाउन जान्नु भएको थियो”, उहाँले भन्नुभयो – ‘‘मेसिन राम्रै अवस्थामा छ । तर सानो प्राविधिक समस्या आएपछि ती कर्मचारीले चलाउन जान्नुभएन, त्यसैले अहिले मेसिन त्यत्तिकै थन्किएको छ ।”

उहाँकाअनुसार चार वर्षसम्म ती कर्मचारीले जेनतेन मेसिन चलाएर २५ हजार पुराना हस्तलिखित ग्रन्थ, पुस्तक, समाचारपत्र रिलमा राखिएका छन् । एक रिलमा २५ पुस्तकका पाना अटाउने गर्छन् । सन् २००५ मा जापान सरकारले पुस्तकालयका पुस्तकलाई रिलमार्फत खिचेर सुरक्षित राख्नका लागि माइक्रोफिल्म दिएको थियो । जापान सरकारलाई प्राविधिक उपलब्ध गराउन पटक पटक आग्रह गरे पनि बेवास्ता गरेको उहाँले जानकारी गराउनुभयो । पुस्तकालयमा रहेका सबै पुस्तकमा भएका कुरालाई सुरक्षित राख्नका लागि छुट्टै ‘माइक्रोफिल्म शाखा’ समेत स्थापना गरेको थियो । तर मेसिन नचल्दा अहिले उक्त शाखा बन्द गरिएको छ । मेसिन नचलेपछि सुरक्षित रुपमा नयाँ भवनमा राखिएको छ । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter