आरोही धमाधम गन्तव्यतर्फ

Moun Everestकाठमाडौँ, २२ चैत । वसन्त ऋतुको आगमनसँगै सगरमाथालगायत हिमाल आरोहणका लागि नेपालसहित विभिन्न मुलुकका आरोही यतिखेर धमाधम गन्तव्यतर्फ लागिरहेका छन् ।

हिमालचुली आरोहणका लागि आजसम्म ३० वटा आरोहण समूह विभिन्न मितिमा त्यसतर्फ गएको पर्यटन विभागले जनाएको छ ।

विभागबाट आरोहण अनुमति लिएर एकसाताअघिदेखि विभिन्न समूह आरोहणमा गएको र अझै आरोही आउने क्रम जारी रहेको विभागका निमित्त महानिर्देशक दुर्गादत्त ढकालले  जानकारी दिनुभयो ।

उहाँकाअनुसार अहिलेसम्म सगरमाथा आरोहणका लागिमात्र १७ वटा समूहका १४७ आरोही गएका छन् । त्यसैगरी अन्नपूर्ण दुई, धवलागिरि एक, मकालु एक, ल्होत्से एक, गौरीशङ्कर एक, आमा दब्लङ्कम एकलगायत समूह आरोहणका लागि गएका छन् ।

आरोहणका लागि सम्पर्क अधिकृत पनि खटाइसकिएको विभागले जनाएको छ । छ हजार ५०० मिटरमाथिका हिमाल आरोहणमा सरकारले सम्पर्क अधिकृत खटाउने गरेको छ ।

आरोहीहरु हिमालतिर लागे पनि वैशाखको तेस्रो सातादेखिमात्र आरोहण सुरु हुने जनाइएको छ । कतिपय आरोहण समूह अझै केही दिनसम्म आउनेछन् ।

अघिल्लो वर्षको वसन्त ऋतुको आरोहण वैशाख २९ गतेबाट सुरु भएको थियो । सगरमाथाको मात्र अघिल्लो वर्ष ४०० बढीले सफल आरोहण गरेका थिए ।

अघिल्लो मौसममा सगरमाथासहितको हिमाल आरोहणका लागि ९७ समूहका एक हजार ४६२ आरोही गएका थिए तीमध्ये सगरमाथामा मात्र ३४ वटा आरोहण समूह भएको विभागले जनाएको छ । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter