कृत्रिम तरिकाले रानी मौरी विकास गर्ने प्रविधि भित्रियो

honeybee-honeycomb-macro_26201_990x742म्याग्दी, चैत २२ गते । म्याग्दीमा कृत्रिम तरिकाले रानी मौरी विकास गर्ने प्रविधि भित्रिएको छ । जिल्ला कृषि विकास कार्यालय म्याग्दी र काठमाडौँको गोदावारीमा रहेको मौरीपालन विकास शाखाको सहयोगमा मङ्गला गाउँपालिका–१ कुहुँमा ग्राफ्टिङ (मौरीको लार्भा प्रत्यारोपण) गरेर रानी मौरी विकास गर्ने प्रविधि भित्र्याइएको हो ।

शाखाको गुणस्तरीय रानी मौरी उत्पादन तथा वितरण अभियानअन्तर्गत म्याग्दीमा पहिलो पटक कृत्रिम तरिकाले रानी मौरी उत्पादन गर्ने प्रविधि भित्रिएको जिल्ला कृषि विकास कार्यालयका बाली संरक्षण अधिकृत हरिहर शर्माले जानकारी दिनुभयो ।

“कृत्रिम तरिकाले उत्पादन गरिएको रानी मौरीमा अन्डा पर्ने क्षमता बढी हुने, कुट र महको उत्पादन तथा गुणस्तर बढ्ने र घार छाडेर भाग्ने समस्यामा कमी आउँछ” शर्माले भन्नुभयो “यो प्रविधिले म्याग्दीमा व्यावसायिक मौरीपालन विकासमा ठूलो मद्दत गर्छ ।”

शाखा र कृषि विकास कार्यालयले कुहुँ, डडुवा, चिप्लेटी, पूर्णगाउँ, सल्लान, थाइवाङ र भरजुलाका कृषकलाई मौरीमा ग्राफ्टिङ गर्ने प्रविधिको विषयमा स्थलगत तालिम दिएका छन् ।

सोमबार सम्पन्न तालिममा सहभागी २९ जना मौरीपालक कृषकलाई मौरीको लार्भालाई प्रत्यारोपण रानी मौरी विकास गर्ने प्रविधिको बारेमा व्यावहारिक तथा सैद्धान्तिक ज्ञान सिप प्रदान गरिएको थियो ।

मैन पगालेर तयार पारिएको क्युवीनकप (रानीमौरी बस्ने ठाउँ) लाई डिपिङ रडको सहायताले घारको फ्रेममा टाँसेर विशेष प्रकारको सुईको सहायताले रानीविहीन घारमा ४८ घन्टासम्मको लार्भा राखिन्छ ।

कर्मी र राना मौरीले कृत्रिम तरिकाले राखिएको लार्भालाई रानीको रुपमा स्वीकार गरी हुर्काउने शाखाकी नायब प्राविधिक सहायक अनिता रानाले बताउनुभयो । “लार्भा राख्नुअघि नै घारबाट रानी मौरी निकाल्नुपर्छ” रानाले भन्नुभयो “क्विनकपमा लार्भा राख्नुअघि रानी मौरीको लागि आवश्यक मह तथा आहराको व्यवस्था गर्नुपर्छ ।”

कृत्रिम प्रविधिबाट १६ दिनमा तयार हुने रानी मौरीले दिनमा ७०० देखि ८०० वटासम्म अन्डा उत्पादन गर्न सक्ने रानाले बताउनुभयो । यस्तो प्रविधिबाट रानी मौरीको उत्पादन गर्दा गोला छाडेर नभाग्ने, रोग नलाग्ने र मह उत्पादन बढ्ने अपेक्षा गरिएको बेनपा–५ डडुवाका मौरीपालक कृषक मीनबहादुर खत्रीले बताउनुभयो ।
एपी सेरेना जातको मौरीमा यसअघि देशका अन्य ठाउँमा गरिएको परीक्षण सफल भएपछि म्याग्दीमा यस वर्षदेखि विस्तार गरेको शाखाका प्राविधिक सहायक लक्ष्मीप्रसाद गिलालले बताउनुभयो । रासस

Related News

Comments are closed

TOP NEWSview all

Japan Hands Over the Sanitary Napkin-Making Machine in Parsa

Mayor Shah directs employees to reduce visits, seminars

Veteran singer, musician Bhakta Raj Acharya passes away

Trade deficit of Rs 811 billion in first seven months

WHO congratulates Nepal for legislation to restrict trans-fatty acids in food




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter