जलविद्युत्मा उल्लेख्य लगानी गर्न आग्रह; कालीगण्डकीको मर्मत सम्भार शीघ्र गर्न घिसिङको निर्देशन

hydropowerकाठमाडौँ, २७ चैत । ऊर्जामन्त्री जनार्दन शर्माले मुलुक अब उज्यालो युगमा प्रवेश गरेकाले आगामी दिनमा कोही कसैले पनि विद्युत्भार कटौती गर्न नसक्ने स्पष्ट पार्नुभएको छ ।

नेपाली दूतावास मलेसिया र गैरआवासीय नेपाली सङ्घ(एनआरएन)ले मलेसियामा आयोजना गरेको ‘नेपालको ऊर्जा क्षेत्रमा मलेसिया र एनआरएनको भूमिका’ विषयको अन्तक्र्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले विद्युत्भार कटौती अन्त्यपछि मुलुकको आर्थिक क्षेत्रमा उल्लखनीय परिवर्तन भएको, आर्थिक वृद्धि दर २५ वर्षपछि सबैभन्दा धेरै हुन लागेको तथा नागरिकमा उत्साहको सञ्चार भएकाले ऊर्जा क्षेत्रमा थप लगानीका लागि आग्रह गर्नुभयो ।

सरकारले ‘नेपालको पानी जनताको लगानी’ भन्ने नारा अगाडि सारेर योजनाबद्ध रुपमा जलविद्युत् क्षेत्रको विकासमा लागेको बताउँदै विदेशी भूमिमा सिकेको सीप र क्षमताको उचित सदुपयोग गरी राष्ट्र निर्माणको महाअभियानमा लाग्न आग्रह गर्नुभयो ।

मलेसियाका लागि नेपाली राजदूत डा निरञ्जनमानसिंह बस्नेतले मलेसियाको सीप र प्रविधिलाई अनुसरण गरेर नेपालको विकास र आर्थिक समृद्धिको अभियान अगाडि बढाउन सकिने धारणा राख्नुभयो ।

कार्यक्रममा मलेसियामा कार्यरत नेपाली श्रमिक तथा उद्योगी तथा व्यवसायीलाई ‘नेपालको पानी जनताको लगानी’ अवधारणामा सहभागी भएर जलविद्युत्मा लगानी गर्न आग्रह गरिएको थियो ।

कालीगण्डकीको मर्मत सम्भार शीघ्र गर्न घिसिङको निर्देशन

मुलुकको प्रमुख ‘पावर ब्याङ्क’को रुपमा रहेको एक सय ४४ मेगावाट क्षमताको कालीगण्डकी जलविद्युत् आयोजनाको मर्मत सम्भारको काम १० दिनभित्र सम्पन्न गर्न नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले निर्देशन दिनुभएको छ ।

विद्युत्भार कटौतीलाई अन्त्य गर्न महत्वपूर्ण मानिएको सो आयोजनाको मर्मत सुरु भएको दश दिन भइसक्दा पनि नसकिएकाले कार्यकारी निर्देशक घिसिङले अबको दश दिनमा मर्मत गरी पूर्ण क्षमतामा आयोजना सञ्चालन गर्न निर्देशन दिनुभएको हो ।

प्राधिकरणका अनुसार विगतका वर्षमा जुन समयमा सबैभन्दा बढी विद्युत् आवश्यक पर्दथ्यो, सोही समयमा नै आयोजना मर्मतको नाममा बन्द गरिने गर्दथ्यो । हाल सो आयोजनाको एउटा मात्रै युनिट बन्द गरेर मर्मत गरिएको छ ।

दुई वटा युनिटबाट नियमित रुपमा ९६ मेगावाट विद्युत् उत्पादन भइरहेको छ । कालीगण्डकी जलविद्युत् आयोजनाको मर्मतरसम्हार छिटो गराउने उद्देश्यले प्राधिकरणका कार्यकारी निर्देशक घिसिङ स्थलगत अवलोकनका लागि आयोजनास्थल पुग्नुभएको प्राधिकरणले जनाएको छ ।

निर्देशनअनुसार काम भए नभएको अवलोकन गर्न उहाँ आयोजनास्थल पुग्नुभएको हो । कालीगण्डकी आयोजनामा ४८ मेगावाटका तीन वटा टर्वाइनमध्ये एउटा टर्वाइनको मर्मत भइरहेको छ । गत वर्ष यस्तै प्रकृतिको समस्या समाधान गर्न प्राधिकरणले ४२ दिन लगाएको थियो । साँझको समयमा मात्रै आयोजना सञ्चालन हुने भएकाले सो आयोजनालाई ‘पावर ब्याङ्क’को रुपमा लिने गरिन्छ ।

आयोजनाको उपयोग र उचित व्यवस्थापन गरेर नै मुलुकभर विद्युत्भार कटौती अन्त्य गराउन सफलता प्राप्त भएको हो । प्राधिकरणको प्रवद्र्धनमा कालीगण्डकी आयोजना विगत १४ वर्षखेखि सञ्चालनमा छ । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter