निर्वाचनसम्बन्धी प्रशिक्षक प्रशिक्षण सुरु

Election Commissionधनगढी, २८ चैत । आगामी निर्वाचनको तयारीको क्रममा निर्वाचन आयोगले आज यहाँ निर्वाचन सञ्चालन तथा व्यवस्थापन विषयक क्षेत्रीय प्रशिक्षक प्रशिक्षण सुरु गरेको छ ।

आयोगका आयुक्त ईला शर्माले प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै आगामी चुनावमा आम नागरिकलाई निष्पक्षताको आभाष हुने गरी कार्य सम्पादन गर्न सहभागीलाई निर्देशन दिनुभयो ।

उहाँले विगतका निर्वाचनभन्दा केही फरक ढङ्गको र नयाँ संरचनामा आगामी निर्वाचन हुन लागेकाले यो निर्वाचनलाई स्वच्छ, धाँधलीरहित, निष्पक्ष, स्वतन्त्ररुपमा सम्पन्न गराउन सबैले आफ्नो जिम्मेवारी र दायित्व सम्झेर काम गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा जिल्ला न्यायाधीश कुलप्रसाद शर्मा, कैलालीका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजाल, आयोगका सहसचिव दिनेशकुमार घिमिरेलगायतले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष धाँधलीरहित वातावरणमा सम्पन्न गर्न सबैले आ–आफ्नो भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो ।

दुईदिने प्रशिक्षक प्रशिक्षणमा डोटी, अछाम, दार्चुला, डडेलधुरा, बाजुरा र बर्दिया जिल्लाका मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत सहभागी छन् । रासस

Related News

Comments are closed

TOP NEWSview all

19 injured on first day of Bisket Jatra

266 new cases of COVID-19; suspects entering Valley to undergo Antigen Tests

Nepal has to focus on exporting value-added products recommends EU Ambassador Deprez

Govt to provide Rs 4 lakh to wining Nepali football team

Health insurance reaches 77 districts




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter