आधुनिक मौरीघारबाट मनग्गे आम्दानी

honeybee-honeycomb-macro_26201_990x742डडेल्धुरा, २८ चैत । डडेल्धुरा जिल्लामा मौरीपालन किसानले मनग्गे आम्दानी गर्न थालेका छन् ।

दुई वर्षको अवधिमा सात हजारको सङ्ख्यामा घार बिक्री गरिसकेको र खाली घारको दुई हजार ८०० देखि तीन हजारसम्ममा बिक्री गर्ने गरेको आलिताल मौरीघारका प्रोप्राइटर मनी गिरीले घार व्यवसायबाटै पर्याप्त आम्दानी भएकोे बताउनुभयो । घार व्यवसायबाट नै मासिक रु दुईदेखि तीन लाखसम्म बचत हुने गरेको उहाँको भनाइ छ । आलिताल मौरी घार उद्योगमा हाल १० जनाले रोजगारी पाइरहेको प्रोप्राइटर गिरीले जानकारी दिनुभयो ।

डडेल्धुरा जिल्लाका बेलापुर, आलिताल, गाखेत, समैजी क्षेत्रलगायत जिल्लाका अन्य भागमा समेत मौरी व्यवसायका लागि उपयुक्त स्थल भएकाले मौरीका लागि आधुनिक घारको व्यवसाय पनि राम्रो हुनथालेको घार निर्माण व्यवसायी बताउछन् ।

व्यावसायिक रुपले मौरीपालनतर्फ किसान आकर्षण बढ्न थालेपछि घारको माग बढेको आलिताल गाउँपालिका गोदामका मौरीघार व्यवसायी कर्ण बोहराले बताउनुभयो । हामीले सानो रुपले व्यवसाय गर्दै आएकामा साना तथा मझौला किसान आयस्तर वृद्धि आयोजनाबाट पाएको अनुदानले व्यवसाय बृद्धी गर्न सहज हुनाका साथै राम्रो आम्दानी भइरहेको उहाँको भनाइ छ ।

पुरानो प्रविधि भन्दा आधुनिक घारमा मौरी राख्दा उत्पादनसमेत राम्रो भई महको बजार मूल्य पनि किलोको रु पाँच सयदेखि रु ६ सयसम्म पाइने गरेको समैजीका मौरी व्यवसायी लक्ष्मीदत्त पाठक बताउनुहुन्छ ।

मौरी व्यावसायबाट गाउँका बेरोजगारले समेत काम पाएका छन् भने आफूले निर्माण गरेको मौरीका घार जिल्ला विभिन्न क्षेत्रमा बेचबिखन हुँदै आएको प्रोप्राइटर गिरीले जानकारी दिनुभयो ।

यसैगरी भित्री मधेसको आलितालमा मात्रै दुई वटा मौरीको उद्योग सञ्चालन भएकामा अन्य स्थानमा पनि विस्तार हुन थालेकोे साना तथा मझौला घरेलु उद्योग कार्यालयले जनाएको छ ।
घार व्यवसायीलाई सहजीकरण गर्न, तिनीहरुको व्यवसाय राम्रो बनाउन र आयस्तर वृद्धि गराउन प्राविधिक र उपकरणमा सहयोग गरिरहेको बहुउद्देश्यीय विकास समाजका कार्यकारी निर्देशक प्रेम महरले बताउनुभयो ।

बहुउद्देश्यीय विकास समाज संस्थाबाट मौरीपालन गर्ने समूह र सहकारीका सदस्यलाई घार व्यवसायीसँग समन्वय गराएर सुपथ मूल्यमा घार उपलब्ध गराउन सहयोग गरिरहेको निर्देशक महरले जानकारी दिनुभयो । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter