भोली नयाँ संशोधन दर्ता गर्ने सरकारको निर्णय

nepal-constitutionकाठमाडौं, २८ चैत । सोमबार (आज) बसेको मन्त्रीपरिषद् बैठकले पूरानो संविधान संशोधन फिर्ता लिने र नयाँ संशोधन संसदमा दर्ता गर्ने निर्णय गरेको छ । सरकारले भोली नयाँ संशोधन प्रस्ताव दर्ता गर्ने भएको छ ।

सरकारले भाषा, नागरिकता र राष्ट्रिय सभा सम्वन्धी पुरानै प्रस्ताव अघि बढाइएको छ । राष्ट्रिय सभाको निर्वाचक मण्डलबाट स्थानीय तहका प्रमुख र उपप्रमुखलाई डिलिंक गर्ने र २७४ मा संशोधन गर्नेसहित नयमँ संशोधन भोलि नै संसदमा सचिवालयमा दर्ता गर्ने सरकारको निर्णय गरेको एक मन्त्रीले बताएका छन् ।

त्यस्तै बैठकले प्रदेश नम्बर ४ को सीमांकन हेरफेर गर्ने प्रस्तावसहितको संशोधन फिर्ता लिएको छ । एमालेसहितका दलको विरोधका बीच सरकारले अघि बढाएको यो विधेयक संसदको प्रक्रियामै थियो ।

साथै सीमांकनलाई आयोगबाट टुंगो लगाउने गरी नयाँ संशोधन अघि बढाउने निर्णय गरेको छ ।

त्यस्तै उपप्रधान तथा स्थानीय विकासमन्त्री कमल थापाको नेतृत्वमा सरकारले तीन दिनभि प्रदेश नम्बर २ र ५ मा स्थानीय तहको संख्या बढाउनु पर्ने नपर्नेबारे अध्ययन गर्न समिति गठन गरेको छ ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter