अन्नपूर्ण आधार शिविर पदमार्गमा जोडियो

everest-trek-trailsम्याग्दी, चैत २९ गते । म्याग्दीको नारच्याङदेखि आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमालको आधार शिविर पदमार्गमा जोडिएको छ । अन्नपूर्ण गाउँपालिका–४ मा पर्ने आधार शिविरसम्म जोड्ने पदमार्गको स्तर वृद्धि गर्न लागिएको छ । पर्यटन विभागको रु ४० लाख अनुदानमा गत वर्ष नारच्याङ गाउँदेखि छेलुङ हुँदै निलगिरि खोलाको किनारै किनार भएर आधार शिविर पुग्ने पदमार्ग निर्माण सम्पन्न भएको थियो ।

पदमार्ग क्षेत्रमा पूर्वाधार निर्माणका लागि यस वर्ष रु २० लाख बजेट प्राप्त भएको गाउँ संरक्षण तथा पर्यटन प्रवद्र्धन समिति नारच्याङका अध्यक्ष तेज गुरुङले जानकारी दिनुभयो । “पदमार्ग निर्माण गरेपछि आरोही र पर्यटक हेलिकप्टरबाट जानुपर्ने समस्या हटेको छ,” गुरुङले भन्नुभयो – “यस वर्ष पदमार्गको स्तरवृद्धि र विस्तार गरेर सहजरुपमा आवतजावत गर्न सक्ने बनाउँछौँ ।”

यसअघि सहज पदमार्ग नहुँदा हेलिकप्टर तथा मुस्ताङको कुञ्जो हँुदै घुमाउरो बाटो भएर अन्नपूर्ण आधार शिविर जानुपर्ने बाध्यता थियो । अब नारच्याङबाट नेपाली एकै दिन र विदेशी दुई दिनमा अन्नपूर्ण प्रथम हिमालको आधार शिविर पुग्न सक्ने अध्यक्ष गुरुङले बताउनुभयो ।

अन्नपूर्ण संरक्षण आयोजना (एक्याप)को रु १० लाख अनुदानमा निलगिरि खोलामा दुई वटा झोलुङ्गे पुल निर्माण गर्न लागिएको छ । अप्ठ्यारो ठाउँमा बाटो विस्तार गर्न पर्यटन बोर्डले जिल्ला समन्वय समितिमार्फत रु छ लाख उपलब्ध गराएको छ ।

एक्यापले नारच्याङ्को लेक गाउँमा सामुदायिक विश्राम गृहको भवन निर्माण गर्न रु दुई लाख २१ हजार र लेकगाउँ–खोप्रा पदमार्ग बनाउन रु दुई लाख सहयोग गरेको छ । यो पदमार्ग भएर अन्नपूर्ण हिमालको आधार शिविर सबैभन्दा छिटो पुग्न सकिन्छ ।

एक्याप इलाका कार्यालय घान्द्रुकका प्रमुख विदुरविक्रम कुईकेलले पुराना पदमार्ग सडकका कारण विस्थापित भएको अवस्थामा नारच्याङ–अन्नपूर्ण बेसक्याम्प पदमार्ग वैकल्पिक गन्तव्य बन्न सक्ने सम्भावना रहेको बताउनुभयो ।

पदमार्गको स्तरवृद्धिसँगै त्यहाँ पुग्ने पर्यटकको आवास सुविधाका लागि सामुदायिक विश्रामगृह सञ्चालन गर्न एक्यापले दिग्दर्शन तयार पारेर वन मन्त्रालयमा पेस गरेको छ । “हिमाली क्षेत्रका नयाँ गन्तव्यमा आवासको समस्या रहेको छ,” कुर्इंकेलले भन्नुभयो – “विद्यामान ऐन नियमसँग नबाँझिने गरी त्यस क्षेत्रमा सामुदायिक होटल सञ्चालनका लागि जग्गा भाडामा दिने व्यवस्था मिलाउन पहल गरिएको छ ।”

समथर फाँट निलो तलाउ । तलाउ नजिकै उभिएका अग्ला हिमाल । सूर्योदयले चम्केका सेताम्मे हिमाललाई आँखाले चौफेरो लगाउन पाउनु अन्नपूर्ण आधार शिविरको प्रमुख विशेषता हो । अग्ला पहाड हुँदै झर्ने झरना, जङ्गली जनावर, चराचुरुङ्गी, वनस्पति, जडीबुटी र मनमोहक हिमाल यो पदमार्गको थप आकर्षण हो । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter